अछाम र बाजुराको विद्युत् अवरुद्ध

Image
Nisarga Hospital

अछाम : नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब–स्टेसनको इनकमरमा समस्या उत्पन्न भएपछि अछाम र बाजुराको बिजुली अवरुद्ध भएको छ ।

CP Hospital Dhangadhi

सब–स्टेसनको इनकमरमा रातिबाट नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको बताइएको छ। साँफेबगरमा रहेको सब–स्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको हो।

Attariya Hospital

समस्या आएकोमा मर्मत कार्य भइरहेकोले कार्य सम्पन्न भएपछि मात्रै विद्युत् प्रवाह हुने केन्द्रले सूचना जारी गरेको छ। ‘इनकमरमा समस्या आएकोले बत्ती लागि रहेको छैन, हामीले हेरिरहका छौँ,’ प्राधिकरण अछाम वितरण केन्द्र प्रमुख हिकमत बहादुर बिसीले भने। आज नै बत्ती आउने गरेर काम गरिरहेको बिसीको भनाइ छ। अछाममा रातिबाट झरी परिरहेको छ। सो स्थानबाट अछामका १० वटै स्थानीय तह र बाजुरा जिल्लामा विद्युत् जोडिएको छ।

nawajiwan