पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

Image
Nisarga Hospital

बैतडी:अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे—बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बैतडीको सिगास गाउँपालिका ९ को आलुगैरामा शनिबार बेलुका पौने ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
सडक माथिबाट पहिरोसंगै रुख खसेर राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको भएपनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ ।

यस्तै करेन्ट लागेर जिल्लाको शिवनाथ गाउँपालिका ६ का हरिसिंह धनाडीको एक बाख्रा मरेको छ । घर नजिकै रहेको विद्युतको खम्बामा करेन्ट लागेर बाख्रा मरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ ।

Dhnagadhi & Krishanapur