गोदावरी नगरपालिका भित्र रहेका सामुदायिक सहजकर्ता र स्वास्थ्यकर्मी बीच गुणस्तरिय प्रजनन् स्वास्थ्य सेवामा पहुँचको बिषयमा अन्तरक्रिया

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकाको आयोजनामा निड्स नेपाल, केयर नेपाल, सिआर आर र एफडब्लु एलडीको विपद् अधिकारमुखी गुणस्तरिय प्रजनन् स्वास्थ्य सेवामा पहुँच सुदृढीकरण सामुदायिक सहजकर्ता र स्वास्थ्यकर्मी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा गोदावरी नगरपालिकाले प्रजनन् स्वास्थ्य सम्बन्धी गाउँ घरमा रहेका सामुदायिक सहजकर्ता, आमा समुहरुले प्रजनन स्वास्थ्य सम्बन्धी राखेका गुनासा तथा समस्याहरूको समाधानका लागि सम्बन्धित स्वास्थ्य सरोकार वाला संग समाधान तथा योजनाका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यस पालिका भित्र रहेका २१ ओटा आमा समुह बाट आएका महिला दीदी बहिनी संग आफूले गाउँबस्तीमा भोग्दै गएका समस्याहरू दर्शाउँदै आपसमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

छलफलमा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, गोदावरी नगरपालिका भित्र स्वास्थ्य केन्द्रमा खटिएका जनस्वास्थ्य निरिक्षक, सामाजिक सहजकर्ता बिभिन्न क्षेत्रमा आवद्ध सरोकारवाला तथा साझेदार संस्थाहरुका प्रतिनिधी हरुको सहभागीता रहेको थियो ।


पछिल्लो समयमा गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भए गरेका क्रियाकलाप र आजको कार्यक्रम वारे यस्तो भन्छन् नवराज अवस्थी

CP Hospital Dhangadhi