
नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित मुलुक हो । नेपालको उत्तर तथा दक्षिणमा विशाल भूगोल र जनसंख्या भएका क्रमशः चीन तथा भारत जस्ता छिमेकी देशहरु रहेका छन् । नेपालको भूराजनीतिक अवस्था संवेदनशील रहेकोछ । नेपालमा विविध किसिमको भूधरातल र हावापानी रहेकोछ । हावापानी अनुसारको जनजीवन रहेको पाइन्छ

नेपाल गाउँ नै गाउँले बनेको एउटा ग्रामीण मुलुक हो । तथ्यांकीय हिसाबले हेर्दा करिब ८० प्रतिशत मानिस गाउँमा नै बसोबास गर्दछन । नेपालीको प्रमुख पेशा कृषि कार्य नै रहेको छ । राष्ट्रिय आम्दानीको प्रमुख स्रोत पनि कृषि कार्य नै हो । रोजगारीको सबैभन्दा ठूलो क्षेत्र पनि कृषि कार्यले नै ओगटेको छ । खाद्यान्नको भण्डार पनि कृषि कार्य नै हो । तर पनि उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर हुन सकेको छैन ।
ग्रामीण क्षेत्र भौगोलिक, प्राकृतिक, सामाजिक सांस्कृतिक र आर्थिक रूपले अति नै सुन्दर, रमणीय, सभ्यता, सम्भावना आदिले भरिपूर्ण रहेको पाइन्छ । ग्रामीण क्षेत्रमा प्राप्त हुने स्वच्छ, सफा र हरियालीयुक्त वातावरण रहेकोछ । सामाजिक सांस्कृतिक सदभाव, एकता, सहयोग, सहकार्य जस्ता विशेषता सुसम्पन्न रहेकोछ । व्यक्तिगत, पारिवारिक र सामाजिक प्रशन्नता, खुशी, आनन्द, मेलमिलाप, शान्ति, सह-अस्थित्व सहरको तुलनामा गाढा र बाक्लो रहेको पाइन्छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको प्रमुख पेशा कृषि कार्य हो । यस कार्यको अतिरिक्त व्यापार, साना घरेलु तथा लघु उद्यम, विविध प्रकारका पर्यटन कार्य, रोजगारी, सेवा क्षेत्र आदिको उच्च सम्भावना रहेको पाइन्छ ।
पछिल्लो समयमा गाउँ प्रति युवाहरूको विकर्षण बढदो रूपमा रहेको पाइन्छ । युवा पुस्ता गाउँमा बसेर विभिन्न क्षेत्रमा कार्य गर्न चाहन्छ । गाउँको समग्र विकासमा आफ्नो योगदान गर्न चाहन्छ । गाउँमा आफ्नो सक्रिय सहभागिता जनाउँन चाहन्छ । गाउँको विकासको हिस्सेदार बन्न चाहन्छ । गाउँको मुहार फेर्न चाहन्छ । सहरिया कोलाहल, उकुसमुकुस, चिडचिडाहट, प्रदूषण, तनाव र अशान्ति बाट मुक्त हुन चाहन्छ ।
विकसित देशका गाउँमा भएको सेवा र सुविधा उपभोग गर्न चाहन्छ । गाउँमै पसिना बगाएर सुन फलाउँन चाहन्छ । मरुभूमि जस्ता पाखाँहरुमा पैसा फल्ने वृक्ष रोपेर हराभरा बनाउँन चाहन्छ । बाझिएका जमिनमा पसिनाको बीउ रोपेर उत्पादन र उत्पादकत्व वृद्धि गर्न चाहन्छ । गाउँलाई सभ्य, सुसंस्कृत र व्यवस्थित बसोबासको रूपमा विकास गर्न चाहन्छ । गाउँलाई सुन्दर र आकर्षक बनाउन चाहन्छ । गाउँमा श्रम गरेर उत्पादनमा आत्मनिर्भर बनाउन चाहन्छ । गाउँमा अनेकौं किसिमका सम्भावना र अवसर रहेकाछन ।
गाउँमा सेवा सुविधाको अभाव छ । गुणस्तरीय शिक्षाको उचित व्यवस्था छैन । स्वास्थ्य पूर्वाधार र सेवामा सुधार हुन सकेको छैन । शुद्ध खानेपानीको व्यवस्था छैन । काम गरेर खाने वातावरण छैन । रोजगारीका प्रशस्त सम्भावना र अवसर छैन्न । स्रोत र साधनको सहि तरिकाले प्रबन्ध हुन सकेको छैन । चेतना र शिक्षाको कमी छ । विद्युत, यातायात, संचार क्षेत्रको विकास, विस्तार, गुणस्तरीयता, दिगोपना र भरपर्दो व्यवस्था छैन । सामाजिक न्याय र वितरण प्रणाली असमान रहेकोछ । सार्वजनिक सेवा वितरणमा ढिलासुस्ती र लापरबाही रहेकोछ । कृषि कार्य, उद्यम जस्ता स्वरोजगारका गतिविधि संचालन गर्नको लागि कुनै किसिमको सुविधा र सहुलियत छैन । प्राविधिक सेवा र सुविधा छैन ।
वस्तु र सेवा सहज रूपमा उपलब्ध हुने बजारको अभाव रहेकोछ । पछौटेपन, अन्धविश्वास, विभेद आदि जस्ता सामाजिक समस्या तथा विकृतिका कतिपय अवशेष वर्तमानमा पनि शेष रहेकाछन । खेलकुद तथा मनोरञ्जनको लागि आवश्यक पर्ने पूर्वाधार र सेवाको कमी रहेको छ । करियर विकास गर्ने कुनै मार्ग छैनन् । ग्रामीण क्षेत्रमा रहेका यस्तै नकारात्मक पक्षहरुले युवाहरुलाई गाउँ प्रति विकर्षण बढेको पाइन्छ ।
युवाहरुको गाउँ प्रतिको विकर्षणले गर्दा गाउँको समग्र विकास प्रक्रिया अबरुद्ध भएको छ । प्रभावित भएको छ । युवाको उपस्थिति नगण्य रहेको छ । सहभागिता शून्य रहेको छ । युवा विहीन गाउँ भएका छन् । स्रोत साधनको परिचालन भएको छैन । असल संस्कार, संस्कृति र सभ्यता लोप हुँदै गइरहेका छन । धर्म संस्कृति, मूल्यमान्यता, चाडपर्व, मेला र जात्रा जस्ता सांस्कृतिक पूँजीहरुको प्रचलनमा ह्रास आएको छ । दीगो विकासको मान्यताले अवसर गुमाएको छ ।
युवा पुस्तालाई गाउँ प्रतिको विकर्षणलाई रोक्नु जरुरी छ । त्यसको लागि सम्बद्ध सरोकारवाला सबै पक्षको सकारात्मक पहल एवं प्रयास हुनु जरुरी छ । युवा पुस्ता गाउँ बस्न रुचाउँदैन । युवा पुस्तालाई गाउँ मै बस्ने वातावरण निर्माण र विकास गर्नु आवश्यक छ । गाउँको समग्र विकासको लागि युवाहरुको जोस जागर, सीप, ज्ञान, अनुभव र केही गर्ने चाहनाको सहि उपयोग हुनु जरुरी छ । युवाहरु विनाको गाउँको कुनै अस्तित्व नै छैन । युवाको उपस्थिति, योगदान, भूमिका, सहयोग, सहभागिता र स्वामित्व विना गाउँको अनुहार रुपान्तरण गर्न सम्भव छैन । त्यसैले युवाहरूलाई गाउँमा बस्ने वातावरण निर्माण गर्नु जरुरी छ । त्यसको लागि युवाहरूको रुचि, माग, चाहना, इच्छा र आवश्यकता अनुसारको विकास, सेवा सुविधामा ध्यान दिनु आवश्यक छ । विकासका हरेक क्रियाकलापमा युवाहरूलाई आबद्ध गर्नु जरुरी छ । युवाहरूलाई गाउँ फर्किने वातावरण सिर्जना गर्नु जरुरी छ । सहरिया सेवा सुविधा लाई गाउँ केन्द्रित गर्नु जरुरी छ । उच्च, गुणस्तरीय, प्रभावकारी र आकर्षक पूर्वाधार निर्माण गर्नु जरुरी छ । जीविकोपार्जनका सरल, सहज र सजिलो उपाय हुनुपर्छ । स्वावलम्बन गर्ने अनेकौं विकल्प हुनुपर्छ । उद्यमशीलताको सजिलो बाटो हुनुपर्छ । गाउँको सुन्दरताले युवाहरुलाई आकर्षित गर्नुपर्छ । गाउँमा युवाहरूलाई बस्ने वातावरण सिर्जना गरिनुपर्छ ।
विनोद सिंह धामी ( विन्दास)
शिक्षक





























