छोरीलाई जन्म दिनको शुभकामना !

Image

आज उनको जन्म दिन । म बाबा बनेको र उनि हाम्रो जिन्दगीमा आएको पनि आज ७ बर्ष पुगेछ । प्यारी छोरी मन मुटु भरिको असिम माया, ममता सु–स्वास्थ्यको कामना गर्नुको साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन् भन्दै र शैक्षिक मार्गमा सदा सफलता रहोस् भन्ने कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना।

मेरो लागि सबैभन्दा ठूलो दिन २०७४ श्रावण ०१ गते थियो । जन्म दिनको धेरै धेरै शुभकामना मेरी प्यारी गुडिया । हरेक बाबू आमाको निम्ति आफ्ना सन्तानहरुको जन्मदिन निकै महत्वपुर्ण रहन्छ । किनकी हरेकका सन्तान उनिहरुकै रगत पसिना र भावनाबाट सिर्जिएका अमुल्य उपहार हुन । सबै छोरीको भाग्यमा बाबू आमा लेखिएको हुन्छ तर थोरै आमाबाबुहरुको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ । यस अर्थमा तिम्रो बाबु आमा हुन पाउनु हाम्रो लागी ठुलै सौभाग्यको कुरा हो ।

nawajiwan
Attariya Hospital

तिम्रो बाबा भएकोमा गौरव महशुस गर्छु म आफैसँग । परिवारमा तिम्रो उपस्थिति साँच्चिकै महत्वपुर्ण छ, छोरी । हामीले हृदय देखि नै तिम्रो आगमनमा खुशी मनाएका थियौ । म जति खुशी थिए सायद त्यो भन्दा कैयौं गुणा बढि खुशी तिम्रो मम्मी थिइन । छोरी तिमी सानै देखि सबैकी प्रीय, सन्तोषी, हँसिली र अत्यन्तै ज्ञानि पनि छौ अनि मीठो बोल्न बरदान नै पाएकी छौ । उमेरले सानै भएपनि ति तिम्रा कुराहरु हरेक कुराहरु बुझ्ने एक परिपक्क ब्यक्तीका जस्ता हुन्छन्, यी कुराहरुले मेरो मन फुरुङ्ङ हुन्छ ।

तिमी धेरै बोेल्ने भएकी छौ । बोल्नु पर्छ, नबोल्ने मान्छेलाई समाजले पनि हेप्छन् । छोरी बोल्ने गर्नु तर अनावश्यक कुराहरु कहिल्यै नबोल्नु । तिम्रो स्पर्श, स्नेह, माया, ममता, हेर्दा आफू धेरै भाग्यमानी भएको महशुस गरेको छु । म तिम्रो हरेक पाइलामा सफलताको कामना गर्न चहन्छु, हरेक पल खुसिमा बितोस हाम्रा सम्पुर्ण आफन्त लगायत हजुर बुवा हजुर आमा म र मामुको माया स्नेह् सधैं तिम्रो लागी रहने छ।
हरेक पल, हरेक क्षण, तिम्रो पाइलाले सफलता पाओस्

सप्तरङी रंग झै तिम्रो जिबनमा उमङ्ग छाओस्,
दुख तिम्रो छेउ आउनु अगाबै, सामना गरोस् ।
हरपल तिमी बिहानीको सुर्यको पहिलो किरण झै चम्कि रहनु।
तिम्रो जन्मदिनको अबसरमा मेरो माया र आशिष सधैं तिमीलाई
आउने हरेक ऋतु , बसन्तले तिम्रो जीवन उज्यालो पारिरहोस्।
मुटुमा अटुट माया र आशिष तिम्रो शिरमा रहिरहोस् ।
सधैं सधैं तिम्रो पाइला प्रगतिको शिखरमा लम्किरहोस् ।
यतिनै छ मेरो भाबना, जन्मदिनको लाखौं लाख मेरो छोरीलाई शुभकामना, शुभकामना फेरी शुभकामना
तिम्रो ड्याडी र मामु र सम्पुर्ण परिवारको को तर्फवाट ।