डिआइजी केसीद्वारा इलाका प्रहरी कार्यालय कमलबजारको भवनको उदघाटन

Image
Nisarga Hospital

अछाम : अछामको कमलबजार नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय कमलबजारको नवनिर्मित कार्यालय, आवास तथा मेश भवनको उदघाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले बिशेष कार्यक्रमका बीच भबनको उद्घाटन गरेका हुन ।

CP Hospital Dhangadhi

समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने बताए । उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले नागरीक मैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने सेवा समेत समय सापेक्ष र गुणस्तरीय हुनुपर्ने धारणा ब्यक्त गरे। उनले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध अनुसन्धान तथा नियन्त्रणमा स्थानीय तह एवं नागरीक समाजसँग हातेमालो गरी कार्य गर्न निर्देशन दिए।

केसीले इलाका प्रहरी कार्यालय कमलबजारको नवनिर्मित भवनको लागि इलाका प्रहरी कार्यालय स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्न हुने स्व. गिठे कामीका प्रतिनिधि निजकी भाई बुहारी श्रीमती नन्दकला कामी, भवन निर्माण कम्पनी दिब्य ज्योती जेभी इन्टरप्राइजेज धनगढी, भवन निर्माण कार्यमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउने कमलबजार नगरपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, भौतिक पुर्वाधार शाखा धनगढीका प्राविधिक प्रहरी नायव उपरीक्षक ई. चिरन्जिवी प्रताप महतो र प्रहरी बरिष्ठ नायव निरीक्षक ई.हेमन्त सिँह ठगुन्नालाई कदर पत्रले सम्मान गरे ।

nawajiwan
Attariya Hospital

भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्दछु । भवन सुदूरपश्चिम प्रदेश सरकारबाट बिनियोजित ५ करोड ११ लाख ११ हजार ३ सय ६९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।

कार्यक्रममा कमल बजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदाकुमारी बिष्ट, पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र उपप्रमुख हर्कबहादुर रावल, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी, ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाही, अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहरा, प्राप्रनाउ ई चिरञ्जिवी प्रताप महतो, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।