‘काली २’ ल्याउँदै रेखा थापा, सुरु गरिन् ‘फिजिकल मेन्टेन’

Image
Nisarga Hospital

अभिनेत्री तथा निर्मात्री रेखा थापाले दशकअघिको आफ्नो हिट फिल्म ‘काली’को दोस्रो श्रृंखला ल्याउने भएकी छिन् । यस वर्षको अन्त्यदेखि छायांकन सुरु हुने फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो महिला एक्सनप्रधान फिल्मको पटकथा शिवम् अधिकारीले लेखिरहेका छन् । ‘कालीको कथा जहाँबाट टुंगिएको थियो, त्यहींबाट कथा सुरु हुन्छ,’ अधिकारीले भने, ‘हामी यतिबेला स्क्रिप्ट लेखनको प्रारम्भिक फेजमा छौं ।’

CP Hospital Dhangadhi

रेखाले पनि यो हिट फिल्मको दोस्रो भाग ल्याउने बताइन् । ‘काली’को पहिलो भागमा उनी महिला प्रहरी अधिकृतको रोलमा देखिएकी थिइन् । उक्त भागमा उनलाई तराईका तस्करसँग फाइट गर्दैगर्दा देखिएको थियो । हिरोइनले जितेपछि फिल्म टुंगिएको कथा त्यसमा थियो । ‘काली २’ को कथा पनि त्यहींबाट उठान हुनेछ । दोस्रो श्रृंखलामा दुई अभिनेत्रीको एक्सन हेर्न पाइनेछ । अर्की अभिनेत्रीमा पूजा शर्माको नाम पनि चर्चामा छ । फिल्मका लागि रेखाले व्यायाम सुरु गरिसकेकी छन् । ‘रेखाजीले अहिले फिजिकल मेन्टेन सुरु गरिसक्नुभएको छ । सुटिङसम्म उहाँ पात्रको लागि रेडी हुनुहुनेछ,’ पटकथा लेखक अधिकारीले भने । यो फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गर्नेछन् ।

चार महिनाअघि छोरी वैभवीलाई जन्म दिएकी रेखा अब विस्तारै फिल्मतर्फ लाग्ने तयारीमा छिन् । उनको पछिल्लो फिल्म ‘उपहार’ प्रदर्शनमा आएको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur