मालिकार्जुन शैल्यशिखर पूजन जात्रा :

Image
Nisarga Hospital

दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका अन्तर्गत मालिकार्जुन मड वडा नम्बर – ३ काे उत्तर- पूर्वी दिशामा समुद्री सतहबाट ५००० मिटरकाे उचाईकाे शिखर धुरामा मालिकार्जुन महादेव विराजमान हुनु हुन्छ । यही २०८१ साल श्रावण – ५ गते शुक्ल चतुर्दशीका दिन श्री शैल्य शिखर धुरामा मालिकार्जुन स्वामीकाे गात पूजन तथा विशाल दर्शन जात्रा हुन गइरहेकाे छ । १५/२० दिन पहिले चाेखाे भाेकाेभई नित्य स्नान सहित मालिकार्जुनकाे जप ध्यानगरि पूजन जात्रामा सहभागी भएर पूजापाठ गर्नाले इच्छित फल प्राप्तहुने जनविश्वास रहि आएकाे छ । मालिकार्जुन स्वामीले हामी सबैकाे मनाेकामना पूरा गरून् । हाम्राे परम्परागत धार्मिक मान्यता अनुसार औतालेकीहरूले शिखर धुरामा चढ्नु हुदैन भन्ने मान्यता रहि आएकाे छ ।

CP Hospital Dhangadhi

शैल्यशिखर पर्वतकाे बारेमा चर्चा गर्दा मैले पूर्णागिरी माताकाे दर्शन गर्दाकाे झझल्को भने आइरहन्छ । पूर्णागिरी माताकाे दर्शन गर्न जाँदा तल फेददेखि माथि टाकुरामा अवस्थित मन्दिरसम्म व्यवस्थित बाटाे, बाटाेकाे दुईतिर व्यवस्थित -यालिङ्ग, ठाउँ ठाउँमा प्रसाद, फूलमाला आदिका पसल, भन्डारा तथा सुलभ भाेजनालय, धर्मशाला, स्नान घर, पिउने पानी, साैचालय आदिकाे राम्राे व्यवस्था गरिएकाे छ । हाम्राेमा मालिकार्जुन गरु याेजना भनेर बजेट विनियोजन गरेर प्रत्येक वर्ष राज्यले लगानी गर्दै आएकाे छ ।

मालिकार्जुन मन्दिर मडबाट शैल्यशिखर धुरा दर्शन गर्न जाँदा स्थानीय सरकार तथा राज्यले के कस्ता सुविधाहरू उपलब्ध गराएकाे छ ? बाटाेघाटाेकाे अवस्था, साैचालय सुविधा, धर्मशाला र स्नान गृह, भन्डारा तथा भाेजनालय, पानी, फूल प्रसाद वितरणकाे व्यवस्था, अशक्त तथा अपांग मैत्री वातावरण, सरसफाइ, प्राथमिक उपचार आदिकाे व्यवस्था मालिकार्जुन मन्दिर व्यवस्थापन समिति वा स्थानीय सरकारले गर्नु पर्ने हाेइन र ! अर्काे विचारणीय कुरा के छ भने पशुपतिनाथकाे दर्शन गर्न जाँदा टाेकरी सहितकाे फूल प्रसाद, धरानकाे बुढासुब्बा मन्दिर दर्शन गर्न जाँदा फूल तथा फरक किसिमकाे प्रसाद, पूर्णागिरी माताकाे दर्शन गर्न जाँदा नरिवल जटा सहितकाे प्रसाद, भक्तपुरकाे डाेलेश्वर महादेवकाे दर्शन गर्न जाँदा रुद्राक्ष सहित फूल प्रसाद, बिन्दबासिनी मन्दिर दर्शन गर्न जाँदा बेलपत्र तथा अन्य प्रसाद चढाइन्छ भने मालिकार्जुन शैल्य शिखर पूजन जात्रामा विशेष प्रसाद, फूल … जिज्ञासा मात्र । यसकाे संरक्षण, सम्बर्द्धन तथा विकासकाेलागि सम्बन्धित पक्षकाे ध्यान जानु जरुरी छ ।

शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेल्धुरा लगायतका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन समेत आउने गरेका छन् । पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्यप्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तानलाई सन्तान सु:ख समेत हुने जनविश्वास रहि आएको छ ।

मालिकार्जुन महादेवकाे अपार महिमा छ । स्वामीकाे महिमा शब्दमा वर्णन गर्न असमर्थ छु । तर मेराे गुनासाे भनेकाे गाउँका नेता हुँ भन्ने हरूलाई मात्र हाे । देश, जनता र समाजकाेलागि काम गर्छाैं भन्नेहरूलाई चुनाैती पनि हाे । देशमा प्रजातन्त्र आएकाे ३२ वर्ष भैसक्दा समेत तिनीहरूले के विकास गरेका छन् ? समाज र जनताकाेलागि के काम गरेका छन् । चुनावकाे बेलामा घरदैलो चहारेर झुठाे अश्वासन बाहेक के नै पाे काम गरेका छन र ! प्रसङ्ग मालिकार्जुन स्वामीकाे जाेडिए पनि शिक्षा, स्वास्थ्य, कृषि, राेजगारी, बाटाेघाटाे, पर्यटन विकास, खानेपानी आदि सबैकाे प्रसङ्ग जाेड्न चाहेकाे व्यहाेरा अनुराेध छ । देशमा नेताहरूले कहिले कसै दलसँग त कहिले कसै दलसँग ठगबन्धन गरेर पद पाेष्ट हत्याउने र बाँडीचुँडी खाने काम बाहेक केही पनि काम गरेकाे देखिदैन । उदाहरणकाेलागि मालिकार्जुन गाउँपालिकाकाे वडा नम्बर – ४ ऐरीछानाबासीहरूकाे खानेपानीकाे पीडा कसले बुझि दिने ? यति सम्म कि ऐरीछाना गाईवस्तु आहाल बस्ने खाल (पाेखरी) समेतकाे संरक्षण गर्न सकेकाे छैन । उक्त खाल नै लाेप हुने अवस्थामा पुगेकाे छ । याे पीडा त्यहाँका जनताहरूलाई साेध्दा हुन्छ, नेता हुँ भन्नेहरूले । यहि हाे त लाेतन्त्र ? विदेश तथा खाडी मुलुकमा पलायन भएका युवायुवतीहरूलाई साेध्दा हुन्छ, राेजगारीकाे पीडा कस्ताे हुन्छ भनेर । समयमा मल बिउबिजन नपाएका कृषकहरूलाई साेध्दा हुन्छ कृषकहरूकाे पीडा ।

मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङा) दार्चुला