प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ,चलचित्र भाद्र ७ मा प्रदर्शन हुने

Image
Nisarga Hospital

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । उहाले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

CP Hospital Dhangadhi

अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । नेपालले केही दिन अगाडि आफ्नो दृश्यको डबिङ गरेका थिए ।

चलचित्रमा प्रधानमन्त्री ओलीको डबिङसगै रिलिज मिति समेत तय भएको छ ।चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गते बाट देशभरिका सिनेमा घरमा प्रदर्शनमा आउने निर्देशक ढुङ्गानाले जानकारी दिनु भयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही को समेत अभिनय रहेको छ ।चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन , ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

Dhnagadhi & Krishanapur