बाजुराका बारीमा लटरम्म स्याउ

Image
Nisarga Hospital

बाजुरा : स्याउ खेतीको प्रबल सम्भावना भएको सुदूरपञ्चिम प्रदेशको एक मात्र जिल्ला हो, बाजुरा। यति वेला जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ पान्डुसैनामा रहेको साहारा स्याउ फर्ममा लटरम्म स्याउ पाकेका छन्।

CP Hospital Dhangadhi

तर, यातायातको व्यवस्था नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन्। फलेका स्याउ बजारसम्म पुर्‍याउन नसक्दा झरेर कुहिन थालेका छन्।

बुढीनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीमा करिब तीन हेक्टर जमिनमा ३० हजारभन्दा बढी बोट स्याउ लगाइएको छ। तीमध्ये २० देखि २५ हजार बोटमा स्याउ फल्न थालेको साहारा स्याउ फर्मका सञ्चालक उज्जल रावतले बताए। यहाँ उत्पादन गरेको स्याउ बिक्रीका लागि स्थानीय बजार कोल्टी, मार्तडी पिलुचौरलगाएतका विभिन्न स्थानमा लैजाने गरिएको छ। तर, यति वेला भने स्थानीय बजारसम्म पुर्‍याउनका लागि सडकको व्यवस्था नहुँदा समस्या भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मार्तडी कोल्टी राजमार्ग असारको पहिलो सातादेखि अविरल वर्षाका कारण अवरुद्ध छ। सडक अवरुद्ध हुँदा बारीमा फलेका स्याउ बजारसम्म पुर्‍याउन नपाएको रावतले गुनासो गरे। मार्तडी-कोल्टी राजमार्गमा यातायात सञ्चालन नहुँदा स्याउ बजारसम्म लैजान नसकिएको उनको भनाइ छ। वर्षाले अवरुद्ध भएको मार्तडी-कोल्टी राजमार्ग र कर्णाली करिडोर अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

Dhnagadhi & Krishanapur