
अत्तरियाः लोक देउडा गायक दिर्घराज फुलारा र गौरी भट्टको सुमधुर स्वरमा सजिएको ‘तेलेमा उज्यालो भैग्यो’ देउडा भाकाआज Dirgha Phulara युट्युब च्यानलमा सार्वजनिक भएको छ ।

दिर्घ फुलाराको आफ्नै नामको युट्युब च्यानलमा सार्वजनिक भएको देउडा गितमा गायक स्वयम फुलरा, झरना बोहरा र साथीहरुद्वारा अभिनित देउडा भाकालाई भिम थापाले निर्देशन गरेका छन ।
निर्देशक भिम थापाले निर्देशन गर्नुभएको उक्त म्भयूजिक भिडियोको अधिकांस दृश्यहरु डडेल्धु्रामा कैद गरिएका छन् । दिर्घ फुलाराको लय तथा शव्द मा म्यूजिक एरेन्जर भुवन प्रकाश बडुले म्यूजिक ऐरेन्ज गर्नु भएको छ ।




विग परिवेश डिजिटल रेकर्डिंग स्टुडियो अनाम नगरमा गितको रेकर्ड भएको हो भने खप्तड फिल्मले निर्माण गरेको म्यूजिक भिडियोको छायांकन अमृत उपाध्यायले गरेका छन त्यसै गरी प्रविण रेश्मी मगरले मिकिसंग गरेका छन । पछिल्लो समय लोक दोहोरी , देउडा गितको म्यूजिक भिडियोहरु डडेल्धुरामा छायांकन हुन थालेका छन ।


































