फिल्म नमेटिने घाउ को ट्रेलर सार्वजनिक (भिडिओ सहित)

Image
Nisarga Hospital

सत्य घटनामा आधारित रहेर निर्माण गरिएको फिल्म नमेटिने घाउ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथा प्रस्तुत गरिएको छ।

CP Hospital Dhangadhi

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शनलाई पनि देखाइएको छ। यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिकामा अभिनय गरेका छन्।

फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार पनि छन् भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय छ। मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले यसमा अभिनय गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय हेर्न सकिने जनाइएको छ। एसिड सर्भाइभरहरूको वास्तविक जिवनीमा आधारित फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्। अभिनेता रमित ढुंगानाले फिल्मको निर्माण एवं निर्देशन गरेका हुन्।

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा निरज कंडेलको छायांकन, बनिश शाह र सन्देश शाहको सम्पादन छ। फिल्म भदौ ७ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्माता एवं निर्देशक ढुंगानाले नमेटिने घाउ एउटा फिल्म मात्र नभएर अभियान पनि भएको बताए।

Dhnagadhi & Krishanapur