डडेल्धुराको रातो गुराँस रिसोर्टका संस्थापक जोशीको निधन

Image
Nisarga Hospital

डडेल्धुरा: रातो गुराँस रिसोर्ट डडेल्धुराका संस्थापक प्रमोद जोशीको निधन भएको छ।

CP Hospital Dhangadhi

डडेल्धुरामा पहिलोपटक रिसोर्ट खोल्ने अवधारणासहित रातो गुराँस सञ्चालनमा ल्याएका जोशीको ५३ वर्षको उमेरमा भारतको सिक्किममा निधन भएको परिवारिक स्रोतले जनाएको छ।

जिल्लाको अमरगढी नगरपालिका–८ टाँटर घर भएका उनी विद्यावारिधि गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए। हिजो (मंगलबार) कार्यालयका लागि जाने बेला उनलाई हृदयघात भएको बताइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको परिवारिक स्रोतले जनाएको छ। इञ्जिनियरसमेत रहेका उनले हालको संसद् भवन अर्थात् त्योबेलाको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणमा काम गरेका थिए।

त्यस्तै, गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए। एक दशक अघि उनले सदरमुकाम नजिकैको कुकुलेकमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका थिए। हाल उक्त रातो गुराँस रिसोर्टमा उनको १५ प्रतिशत शेयर रहेको थियो। उनको निधनको खबरले जिल्लावासी स्तब्ध भएका छन्।

Dhnagadhi & Krishanapur