बाजुराबाट पूजा सामग्री सहित सरकारी टोली बडिमालिका प्रस्थान

Image
Nisarga Hospital

बाजुरा : बाजुराबाट पूजा सामग्री सहित सरकारी टोली बडिमालिका प्रस्थान गरेको छ । बिहिवार सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा पूजाआजा गरेर बडिमालिका मन्दिरको पुजाका लागि जिल्लाको सरकारी टोली प्रस्थान गरेको हो ।

CP Hospital Dhangadhi

बडिमालिका माताको दर्शनका लागि पूजा सामग्री बोकेर सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरी, नेपाली सेना, सशस्त्र प्रहरी सहितको सरकारी टोली हिडेको छ । जिल्लाबाट सरकारी टोली प्रस्थान गरेसँगै सुदूरश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकिय स्थलको धरोहर बडीमालिका तिर्थयात्रा विधिवत रुपमा सुरु भएको छ ।

बडिमालिका मन्दिरमा भाद्र शुल्क चतुर्दशी अर्थात भाद्र २ गते बडिमालिका मेला लाग्दैछ । त्यस्तै बडिमालिकाको पूजाका लागि डोटीको शैलेश्वरी मन्दिर र पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली यस अघि नै हिडिसकेको छ । बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्कीम, लगायतका विभिन्न ठाँउबाट भक्क्तजनहरु बडीमालिको दर्शन गर्न हिडिसकेका छन् । उक्त बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूर्णीमाको दिन देखि मन्दिरमा सर्दालु भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

धार्मिक पौणाणिक कथा अनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष, प्रजावतिले यज्ञ गर्ने समयमा महादेवलाई नवोलाएको र सति देवी ले दक्ष प्रजापतिको यज्ञ, स्थलमा गएर पितासित आफ्नो पति महादेवलाई किन नवोलाएको कारण सोधेकी थिईन, उक्त समयमा दक्ष, प्रजावतिले भनेका थिए , महादेव, भाङ्ग, धतुरो, खाने सम्सान घाटमा बास बस्ने, धाँटीमा सर्पको माला लगाएर जटाधारी कपाल पालेको भेषमा रहने शरिरमा खरानी घस्ने बाघको, छाला, लगाएर बस्ने, शोभाव नभएकालाई आफ्नो यज्ञमा नबोलाएको बताए । दक्षले त्यस्तो उत्तर दिएपछि सतीदेवीले आफ्नो पतिलाई हेला गरेको भन्दै सतीदेवीले यज्ञ कुण्डमा हामफालेर देह त्यागेकी थिएन् ।

सतीदेवीको विलापमा परेका महादेवले सतीदेवीको मृत लास पिठीउँमा बोकेर हिडेका महादेव जहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्क्ति पिठको स्थापना भएकाले बडीमालिकामा पनि सतीदेवीको अंग पतन भएकाले बडीमालिकामा शक्तिm पिठको रुपमा स्थापित भएकी हुन् । त्यहाँ गएर दर्शन गर्दा मनले सोचेको वा मागेको फल प्राप्त हुने भएकाले भक्क्तजनहरु कष्ट सहेर पनि त्यहाँ जाने गरेको पाइन्छ ।

उक्त क्षेत्रमा विभिन्न किसिमका जडीबुटीहरु, कन्दमुल, पाँचअ‍ैले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती, आदि पाइने गरेको छ भने, करिब सय भन्दा बढी प्रजातिका फूलहरु समेत पाइन्छ । उक्त क्षेत्र समुुद्री सतह देखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ । सुदूपश्चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा देशका विभिन्न जिल्ला सहित भारतबाट समेत हरेक वर्ष भक्तजन आउने गरेका छन् । बडीमालिका मन्दिरमा स्थानियका अनुसार जे आफूले मनले सोचेको छ जे बर माग्छु भनेर घरबाट गईन्छ , उक्त मन्दिरमा पुजा गर्ने , कर्ममा मागेमा पुरा हुने भक्तजन धार्मिक विश्वास गरिन्छ । स्थानियका अनुसार सोही क्षेत्रमा प्रर्ने नाटेश्वरी मन्दिरमा एक दिन बास, बस्ने गरेको र पछिल्लो दिन सोही क्षेत्रमा करीब २ सय देखि करिब ५ सय सम्म बोकाहरुको बली चढाईने गरिन्छ ।

Dhnagadhi & Krishanapur