सामाजिक अभियान र स्थानियको जनश्रमदानबाट सिगासको सिताराम विद्यालयको मुहार फेरिँदै

Image
Nisarga Hospital

अत्तरियाः आधारभूत तह नै शिक्षाको जग हो भन्ने मुलमन्त्र सहित सिगास गाउँपालिका -०६, खेतिमा अवस्थित सिताराम आधारभूत बिद्यालयले नौलो अभ्यास थालिएको छ।

CP Hospital Dhangadhi

Attariya Hospital

खेति सामुदायिक वनको जग्गामा भोगाधिकार लिएर पुराना जीर्ण (जनश्रमदानबाट निर्माण गरिएका) भवनमा संचालनमा रहेकोमा गत वर्ष सामाजिक विकास मन्त्रालयको विनियोजित बजेटको २ कोठे पक्कि भबन बिद्यालयको आफ्नै जग्गामा निर्माण गरिएको छ। सो जग्गा समाजसेवी तिलख सिंह धामी र सोहि विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बहादुर साउँदले विद्यालयलाइ दान गरेका हुन्। २०५० सालमा स्थापना भएको विद्यालयले ३० बर्ष पछि आफ्नो लालपुर्जामा पक्की भवन पाएको छ।

nawajiwan


विद्यालय नयाँ ठाउँमा सारिएको हुदा शौंचालय,भवन, खानेपानी, खेलमैदान लगायतका समस्या रहेको सो विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बहादुर साउदले बताउनुभयो। दुर्गम क्षेत्रमा रहेको विद्यालय सुधार गर्न थालेको प्रयास भने अनुकरणीय रहेको छ।

दुइ महिना देखि विद्यालयलाइ प्रविधिमैत्री, बालमैत्री बनाउन सहयोग

अभियान संचालनमा रहेको सो अभियानमा लगभग २५० दाताहरुले करिब चार लाख रकम सहयोग गरेको र सो अभियान निरन्तर रहेको सो विद्यालयका प्रधानाध्यापक बताउनुहुन्छ।

सहयोग रकम बिद्यालयमा आवश्येक पर्ने फर्निचर, भान्सा घर , मन्टेश्वरी देखी प्रोजेक्टर, कम्प्युटर ,प्रिन्टर स्मार्टबोर्ड लगायतका सामाग्रीहरूको खरिदमा प्रयोग गरिने छ, तर बिजुली पुगिनसकेको र बिद्यालयमा ठूलो क्षमताको सोलार नभएकाले प्रविधिमैत्री बनाउन मुख्य समस्या रहेको छ।