
बैतडी: बैतडीमा छाडा पशुचौपाया छोडे जरिवाना गरिने भएको छ। यहाँको पाटन बजारमा छाडा पशुचौपाया छोडेको पाइएमा जरीवाना गरिने भएको हाे।

बजारमा छाडा पशुचौपाया छोडेमा पहिलो पटक ५ सय रुपैयाँ जरीवाना गर्र्ने निर्णय भएको पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताउनुभयाे । ” बजार व्यवस्थापन समितिको बैठक बसेर यस्ताे निर्णय गरेका हाैं। यसअघि बजारमा जथाभावी पशुचाैपाया नछाेड्न पटक-पठक आग्रह गर्दा समेत नमानेपछि जरिवानाकाे निर्णय गरेका हाैं।”

यस्तै पाटन नगरपालिकाका जनप्रतिनिधि समेतको उपस्थितीमा बजार व्यवस्थापन समितिकाे बैठकले अन्य थप पाँच निर्णय गरेको छ।
बजार क्षेत्रमा चरिचरन पूर्ण रुपमा बन्द गर्ने, बजारको सडक तथा सार्वजनिक स्थानमा फोहर नराख्ने, बजारको सडक क्षेत्रमा व्यापारी सामाग्री तथा तरकारी लगायतका सरसमान नराख्ने, बजार व्यवस्थापन समितिलाई मासिक एक पसलले एक सय दिने, होटलहरु राति १० बजे बन्द गर्नु पर्ने तथा मदिरा विक्रि वितरण राती ९ बजेम्म मात्र गर्नु पर्ने निर्णय भएको छ।































