गाइजात्रा २०८१, राजा राजेन्द्रले हसाउनु हँसाए, रबि देखि ओली, प्रचण्ड, धमला, एलिजा कसैलाई छोडेनन्

Image
Nisarga Hospital

काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदैछ । गाईजात्रा पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ ।

CP Hospital Dhangadhi

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

Attariya Hospital

शहरमा गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ ।

nawajiwan