ओडिआई क्रिकेटको वरियतामा नेपालले १ स्थान सुधार गर्दै माथि उक्लिए, हेर्नुहोस सूचीसहित

Image
Photo - CAN
Nisarga Hospital

नेपालको ओडिआई वरियतामा १ स्थान माथि उक्लिएको छ । क्यानडा वरियतामा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो ।

CP Hospital Dhangadhi

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो ।

तर नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो । दुई स्थान खस्किएर क्यानडा १८औं स्थानमा पुगेको छ । एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ ।

nawajiwan
Attariya Hospital

नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । ओडिआई वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् । टि‌ ट्वान्टी आई तर्फ भने नेपाल १७औं स्थानमा कायमै रहेको छ । टि ट्वान्टी आईको शीर्ष स्थानमा भारत कायम छ ।