अछाममा कांग्रेस नेताबिच आपसमा लफडा, समन्वय प्रमुख अस्पताल भर्ना

Image
Nisarga Hospital

अछाम : अछामा २ कांग्रेस नेताबिच लफडा भएको छ। जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबिच लफडा भएको हो। एक आपसमा लफडा हुँदा कुँवर घाइते भएका छन्।

CP Hospital Dhangadhi

आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबिच विवादपछि कुटपिट भएको हो। कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ।

Attariya Hospital

घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता (डिएसपी) इश्वरीप्रसाद भण्डारीका अनुसार दुबै जनाबिच सामान्य विवाद भएको बताए। यस विषमा थप अनुसन्धान भइरहेको उनले बताए। अहिले कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

nawajiwan