गौरा पर्वलाई शान्त र भयरहित बनाउन बैतडीका अधिकांश वडामा मदिरा निषेध

Image
Nisarga Hospital

बैतडीका अधिकांश वडामा मदिराको कारोबार र सेवनमा रोक लगाइएको छ । गौरा पर्वलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिराको सेवन र कारोबारमा रोक लगाइएको वडाहरुले जनाएको छ ।

CP Hospital Dhangadhi

जिल्लाको पाटन नगरपालिका वडा नं ३ र ४ ले सूचना प्रकाशन गरेर गौराको अवधिभर मदिरा सेवन र बेचबिखनमा रोक लगाएको जनाएको छ । यस्तै डिलाशैनी गाउँपालिका वडा नं ५ र ७ ले पनि सूचना प्रकाशन गरेर गौरा अवधिभर मदिराको कारोबार र सेवनमा रोक लगाएको छ ।

Attariya Hospital

यस्तै सिगास गाउँपालिकाका विभिन्न वडाहरुले सूचना प्रकाशन गरेर गौराको समयमा मदिरा बेचबिखन नगर्न आग्रह गरेका छन् । गौरा पर्व समापन नहुँदा सम्म मदिराको कारोबारमा रोक लगाएको वडा कार्यालयहरुले जनाएका छन् । वडाको सूचना विपरीत कसैले मदिराको कारोबार र सेवन गरेमा कानुन अनुसार कारवाही हुने चेतावनी समेत दिइएको छ ।

nawajiwan

यस्तै मेलौली नगरपालिका वडा नं १ लाई मदिरा निषेधित वडाको रुपमा घोषणा गर्ने तयारी भएको छ । मदिराका कारण समाजमा अशान्ति र आपराधिक घटना भइरहेकाले वडालाई मदिरा निषेधित वडा घोषणाको तयारी भएको वडा अध्यक्ष शरदसिंह नेगीले बताए । चाडपर्वहरुलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिराको कारोबारमा रोक लगाउनु राम्रो कार्य भएको स्थानीय नागरिकहरुको भनाइ रहेको छ ।