साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, घरेलु मैदानमा उपबिजेतामा चित्त बुझायो नेपालले

Image
Nisarga Hospital

साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो। बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिँदा दोस्रो हाफको सुरूवाती समयमा नेपालमाथि लगातार दबाब दिएको थियो।

CP Hospital Dhangadhi

दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।

Attariya Hospital

नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्‍यो । नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर सफल हुन सकेन ।

nawajiwan

मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे । त्यस्तै मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे । ८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गरे । दोश्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे । च्याम्पियनसिपमा ६ राष्ट्र सहभागी थिए । यससँगै बंगलादेशले समूह चरणमा भोगेको हारको बदला पनि लिएको छ ।