आज सनातन धर्मावलम्बीहरुले भगवान गणेशको जन्म दिनको अबसरमा गणेश चतुर्थी मनाईदै

Image
Nisarga Hospital

भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी शनिबार भगवान् गणेशको जन्मदिन मनाउँदै छन्। शनिबार २० घडी ४९ पला अर्थात् दिउउँसो २ बजेर ५ मिनेसम्म चतुर्थी तिथि रहेको पञ्चांगमा उल्लेख छ। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।

CP Hospital Dhangadhi

भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्। हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ। गणेशको पूजा नगरी वा उनलाई नसम्झी गरेका कार्यमा विघ्न पर्छ भन्ने विश्वास छ।

सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन्।

nawajiwan
Attariya Hospital

अन्य देवता जस्तै मानव आकृतिमा जन्मिएका गणेशलाई पिता शिवले कुनै वेला नचिनेर टाउको काटिदिएको र पछि हात्तीको टाउको जोडिएको प्रसंग पुराणमा आउँछ। अर्को कथाअनुसार जन्मिनेबित्तिकै शनिको दृष्टि पर्दा शिर गायब भएको र हात्तीको टाउको गाँसिएको उल्लेख छ।

सूर्यविनायक, चन्द्रविनायक, जलविनायक, चारुविनायक, अशोकविनायक, मरुविनायक र कमलविनायक लगायत काठमाडौं उपत्यकाका गणेश मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।

भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। चन्द्रमा हेरे चोरीको दोष लाग्ने विश्वास गरिन्छ। तर योपटक चतुर्थीको चन्द्रमा शुक्रबार नै थियो। शुक्रबार दिउँसो बजे नै चतुर्थी तिथि लागिसकेको थियो।