२ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ

Image
Nisarga Hospital

अछाम : अछाममा २ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बिनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र सोही ठाउँ बस्ने ६७ वर्षीय चिन कार्की पक्राउ परेका हुन्।

CP Hospital Dhangadhi

साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली १३ वटा र बारुद लुकाएका थिए। यस्तै कार्कीले पनि आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली ९ वटा र बारुदसहित फेला पारी दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Attariya Hospital

इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घर तथा बारिमा खाँनतलासी गर्दा उक्त भरुवा बन्दुक, सिसा र बारुद फेला पारी पक्राउ गरेको जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

nawajiwan