गड्डाचौकी नाकाबाट ४० थान गोलीसहित दुई भारतीय नागरिक पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकी सीमानाका भएर नेपाल प्रवेश गरिरहेका दुई जनालाई भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

गड्डाचौकीेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रवार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो।

Attariya Hospital

एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको जनाएको छ।

nawajiwan

एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई एसएसबीले बनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ।