चलचित्र “रावायण”को टिम भोलि धनगढीको एस.टी.एस सिनेमा घरमा आउने

Image
Nisarga Hospital

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म रावायणको टिम देश दौडाहामा छ । भोली बिहिबार भाद्ध २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन ।

CP Hospital Dhangadhi

फिल्मका प्रमुख कलाकार पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले नेपालगञ्जबाट मोफसलका दर्शकको प्रतिक्रिया लिने काम सुरु गरेका छन् । निर्माण पक्षका अनुसार फिल्मको टिमले धनगढीमा रहेको एस.टी.एस सिनेमामा दर्शक संगै बसेर फिल्म हेर्दै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur