बैतडीका एकै गाउँका नाै जनामा डेंगु संक्रमण पुष्टि

Image
Nisarga Hospital

बैतडी: सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बैतडीमा डेंगुकाे जाेखिम बढेकाे छ। यहाँको पाटन नगरपालिका –५ वसन्तपुर कद्वार गाउँका नाै जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनुभयाे।

CP Hospital Dhangadhi

आइतबारमात्रै एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमै पुगेको थियो । सोमबार आज ज्वरोका शंकास्पद सात जना बिरामीको रगत चेकजाँच गर्दा थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको हाे।

एकै गाउँका चार जनामा आइतबारमात्रै संक्रमण पुष्टि भएपछि सोमबार आज पाँच जना स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर शंकास्पद बिरामीहरुको रगत परीक्षण गरेको हो ।

nawajiwan

स्वास्थ्यकर्मीको टोलीले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान अन्तर्गत सरसफाइ समेत गरेको सूचना अधिकारी लेखकले बताउनुभयाे। भरेर राखेका पानीका ड्रम, पानी जमेका खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि विकास हुने भएकाले सरसफाइमा ध्यान दिन स्थानीयहरुलाई सुझाव दिइएको छ। स्थानीय नागरिकहरुलाई एकै ठाउँमा जमा गरेर डेंगु रोगका र यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको छ।

Attariya Hospital

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्दछन्।

यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा जाेड दिइएकाे छ ।

बैतडीका गाउँगाउँमा ज्वरोका बिरामीहरु रहेका छन् । ज्वरोका बिरामीहरुमा डेंगु समेत हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।