
अत्तरियाः डोटीको सेती प्राबिधिक शिक्षालयका शिक्षालय प्रमुख प्राबिधिक शिक्षालयका प्राविधिक र कर्मचारीतर्फ बाट शुसिला शर्मा राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित गरेको छ ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका ५ ओटा प्रबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् अन्तरगत कार्यरथ कर्मचारीलाई शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदानको कदर गरी गर्दै राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मंगलसेन बहुप्राविधिक शिक्षालय, अछामका शिक्षालय प्रमुख श्री तीर्थ प्रसाद आचार्य, स्कुल अफ हेल्थ साइन्स, भरतपुर, चितवनका शिक्षालय प्रमुख डा. रजनी शाह, सेती प्राविधिक शिक्षालय, दिपायल, डोटीका शिक्षालय प्रमुख श्री सुशीला शर्मा, ग्रामिण तालिम केन्द्र, खुदी, लमुजुङका शिक्षालय प्रमुख श्री अच्युत रेग्मी र नारायणी बहुप्राविधिक शिक्षालय, चितवनका रेफ एण्ड एसी सहायक प्रशिक्षक (सहायकस्तर प्रथम श्रेणी प्राविधिक) श्री संजयकुमार साहलाई राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित गरेको छ ।





























