संविधान दिवस: बैतडीमा ब्याडमिन्टन प्रतियोगिता, उपाधि भट्ट र विष्टकाे जाेडीलाई

Image
Nisarga Hospital

बैतडी: संविधान दिवसकाे अवसरमा बैतडीमा आयाेजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएकाे छ।
उक्त प्रतियोगिताकाे उपाधि ईश्वरी भट्ट र प्रकाश विष्टकाे जाेडीले हात पारेकाे छ।

CP Hospital Dhangadhi

नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हलमा सम्पन्न फाइनल खेलमा आनन्द थापा र कैलाश थापाकाे जाेडीलाई २-० काे साेझाे सेटमा पराजित गर्दै भट्ट र विष्टकाे जाेडीले उपाधि हात पारेकाे म्याच रेफ्री दिनेश सिंह ठगुन्नाले जानकारी दिनुभयाे।
पहिलाे सेट २१-१३ ले जितेकाे भट्ट र विष्टकाे जाेडीले दाेस्राे सेट पनि २१-१३ ले नै जित्दै च्याम्पियन बन्याे।
च्याम्पियन बनेसंगै भट्ट र विष्टकाे जाेडीले नगद १५ हजार,मेडल र प्रमाण हात पार्याे।

उपविजेता थापाद्वयकाे जाेडीले नगद १० हजार,मेडल र प्रमाणपत्रमा चित्त बुझायाे।
प्रतियोगितामा चन्द्र डाेबाल र प्रेम बाेकटी तथम
भुपाल थापा र केशब महराकाे जाेडी तेस्रो भएकाे छ। तेस्राे भएका जाेडीलाई नगद ५/५ हजार ,मेडल र प्रमाणपत्र दिइयाे।
तीनदिनसम्म सञ्चालन भएकाे प्रतियोगितामा बैतडीसंगै,दार्चुला,डडेल्धुराका साथै भारतीय गरेर ३२ टाेलीहरू सहभागी रहेका थिए।

nawajiwan
Attariya Hospital

विजेता,उपविजेतालगायतका खेलाडीहरूलाई संविधान दिवस जिल्ला मूल समाराेह समितिका संयाेजक तथा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी,प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशीले पुरस्कार वितरण गर्नुभयाे।
यस्तै प्रतियोगिताकाे समापन समाराेहमा नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हल निर्माणमा सहयाेग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ।

सम्मानित हुनेहरूमा तरूण दलका कार्यवाहक अध्यक्ष महेश दत्त भट्ट,शहरी विकास तथा भवन कार्यालयका गोबिन्द देवकोटा , पूर्वाधार कार्यालयका धिरेन्द्र भट्ट, शब इन्जिनियर शहरी बिकास तथा भवन कार्यालयका सोमित राय ,जय जगन्नाथ निर्माण सेवाका दिनेश ठगुन्ना, नेपाल पुर्वाधार बिकास उद्योग प्रा.लिका लिलाधर कडेल, श्रीबक्स गुल्म,जिल्ला प्रहरी कार्यालय,ससस्त्र प्रहरी बल नेपाल, ५१ न गुल्म बैतडी रहेका छन्।

यसैबीच संविधान दिवसलाई भव्यताका साथ मनाउनका लागि ब्याडमिन्टन प्रतियोगिताका साथै सरसफाई कार्यक्रम, दीपावली,प्रभातफेरी र काेणसभाकाे पनि आयाेजना गरिएको छ।