बझाङको सत्यवादी मा.वि.का विव्यस अध्यक्ष खड्का राष्ट्रिय शिक्षा पुरुस्कार २०८१ बाट सम्मानित

Image
Nisarga Hospital

अत्तरियाः शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदानको कदर गरी गर्दै बझाङको सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङका बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष नरेन्द्र बहादुर खड्का राष्ट्रिय शिक्षा पुरुस्कार २०८१ बाट सम्मानित गरेको छ ।

CP Hospital Dhangadhi

विद्यालय कर्मचारी, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी, प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्ता/ शिक्षकतर्फ बाट बझाङला नरेन्द्र बहादुर खड्का सम्मानित भएका छन । खड्का लामो समय ईन्जिनियरिङ्ग पेसामा आबद्ध रहेका थिए भने पछिल्लो समयमा राजनिति सँगै बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष लगायत पसल थापेर दिनचार्य बिताई रहेका छन ।

Attariya Hospital

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङका बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष नरेन्द्र बहादुर खड्का सहित सुदूरपश्चिमका ५ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ ।

nawajiwan

सुदुर पश्चिम प्रदेश बाट सम्मानित हुनेहरुमा श्री दशरथ चन्द मावि सुन्दरखाली बैतडीकी विव्यस अध्यक्ष पार्वती चन्द, श्री पञ्चोदय मा.वि. धनगढी ५ हसनपुर कैलालीका कार्यालय सहयोगी रुद्र भुजेल, श्री शारदा मा.वि. आदर्श २ मौवा डोटीका तपराज ओझा, श्री शैलेश्वरी मा.वि. हिमाली गा.पा. ४ फैती बाजुराका बालविकास शिक्षक पुर्वा मल्ल र श्री सत्यवादी मा.वि. भोपुर बझाङका विव्यस अध्यक्ष नरेन्द्र बहादुर खडका लाई सम्मानित गरेको छ ।