सुदूरको बिकट बस्ती स्वामिकार्तिक खापरका किसानले स्याउ बेचेर वार्षिक एक करोड आम्दानी

Image
Nisarga Hospital

धनगढी: जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् । स्वामिकार्तिक खापर गाउँपालिकामा रहेका दुई हजार चार सय घरपरिवारमध्ये एक हजार आठ सय घरपरिवारले यो वर्ष स्याउ बिक्री गरेर गाउँमै एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका हुन् ।

CP Hospital Dhangadhi

गत वर्षकोभन्दा यो वर्ष स्याउ समयमै बिक्री भएपछि घरमै राम्रो कमाइ भएको स्वामिकार्तिक खापर गाउँपालिका किसान उत्तम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्षमा स्याउ आफैंले बजारमा लगेर बिक्री गर्नुपरेको थियो । यो वर्ष भने व्यापारीहरु स्याउ बारीमै आएर सबै उठाएपछि घरमै राम्रो कमाइ भएको हो ।”

यो वर्ष बारीमा उत्पादन भएको झण्डै ८० प्रतिशत स्याउ बिक्री भइसक्यो । अब २० प्रतिशत स्याउ बाँकी छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पहिलेपहिले स्याउले समयमै बजार नपाउँदा स्थानीयले गाई गोरुलाई खुवाउने गर्थे । पछिल्लो समय यहाँ उत्पादन गरेको स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बजारीकरणका लागि पहल गर्दै आएपछि आर्गानिक स्याउ समयमै बजारमा बिक्री हुन थालेको हो ।

स्वामिकार्तिक खापर गाउँपालिकाको जेवाले, सैडेओ खुनका, लोकी र जोरु लगायतका विभिन्न ठाउँमा स्याउ राम्रो उत्पादन हुन्छ । केही दिन पहिले कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउ सडक सुचारु नभएपछि ठेकेदारले कर्णाली कोरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लगेका हुन् ।

गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौंमा बिक्रीका लागि लगिएको थियो भने यो वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध बन्दै गएकोले यता कर्णाली करिडोरबाट कैलाली, नेपालगञ्ज र काठमाडौं लगिएको छ । यहाँ स्थानीय, डेलिसिएस, रोयल, रेडडेलिसियस, गोल्डेन, गाला, फुजी लगायतको स्याउ उत्पादन हुने गरेको छ । स्वामिकार्तिक खापर गाउँपालिमा रहेका दुई हजार चार सय घरधुरीमध्ये एक हजार आठ सय घरधुरीले स्याउ खेती गर्न थालेका छन् ।

स्वामिकार्तिकमा उत्पादन भएको झण्डै ८० प्रतिशत स्याउ बिक्री भएको छ । स्याउ बिक्रीबाट किसानले झण्डै ८० लाख रुपियाँ कमाएका छन् भने अझै बीस पच्चिस लाखभन्दा बढीको स्याउ सेलार स्टोरमा जम्मा गरेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पच्चिस टन स्याउ बारीबाट टिपेर सेलार स्टोरमा राखिएको छ । केही दिनपछि यो स्याउ पनि बिक्रीका लागि देशका विभिन सहर लग्ने योजना छ ।”

गत वर्ष स्याउ खेतीमा घाटा बेहोर्दै आएका यहाँका किसानले एक करोडभन्दा बढी रुपियाँ घरको दैलामै बुझेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो। कृषि विज्ञहरुलाई यहाँ बोलाए माटो परीक्षण गर्दा स्याउ खेतीका लागि यहाँको माटो निकै उपयुक्त छ भनेपछि यहाँका किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको स्याउ बिक्रीका लागि पालिकाले देशका विभिन्न ठाउँमा बजारीकरण गर्ने र त्यसका लागि ढुवानीको व्यवस्था गर्ने योजना छ ।”

गत वर्ष यहाँका स्याउ किसानलाई ढुवानी अनुदानको व्यवस्था गरेको थियो भने यसपालि भने व्यापारीहरु आफैं स्याउ बारीमा आएर स्याउ निर्यात गरेको अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

Dhnagadhi & Krishanapur