ऐतिहासिक डोटी साहित्य महोत्सव भव्य रूपमा सम्पन्न, डोटी एक सभ्यता हो – उपकुलपति जोशी

Image
Nisarga Hospital

धनगढी :नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा डोटीको सिलगढीमा आयोजित डोटी साहित्य महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

महोत्सवको एक भव्य समारोहबिच प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उदघाटन गरेका थिए।सो अवसरमा बोल्दै उपकुलपति जोशीले डोटी क्षेत्र साहित्य, संस्कृति र डोटेली भाषाको पर्याय भएको बताए। उनले डोटेली भाषालाई प्रदेशको मानक भाषा बनाउनका लागि छलफल थालिएको बताए।प्राचीन डोटी राज्यको प्रसङ्ग उल्लेख गर्दे उनले डोटेली भाषा नै नेपाली भाषाको उदगम बिन्दू भएको बताए।

nawajiwan

साहित्य महोत्सवमा बिभिन्न आठ ओटा साहित्यिक सेसन सञ्चालन भए।
काव्य सेसन, गजल सेसन, मुक्तक सेसन, जनप्रतिनिधि संग साहित्य संवाद सेसन, डेउडा सेसन, कला र संस्कृति सेसन र डोटेली भाषा सेसन सञ्चालन भएको नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले बताए।

Attariya Hospital

डोटी साहित्य महोत्सवमा विशिष्ट अतिथिका रूपमा पूर्व सांसद यज्ञराज पाठक, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, शिखर नगरपालिका प्रमुख दीर्घ बलायर, बोगटान फुडसिल गाउपालिका अध्यक्ष कमल गडसिला, नवदूर्गा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टलगायत विशिष्ट ब्यक्तिहरूको उपस्थिति थियो।सुदूरपश्चिमका नौ वटै जिल्लाका स्रष्टाहरूको सहभागिता रहेको डोटी साहित्य उत्सवमा स्रष्टाहरू कविता, गजल र गीतमा झूमेका थिए।


समारोहमा नेपाली लेखक संघले प्रदान गर्ने पूर्णानन्द काव्य पुरस्कारबाट कवि निर्मल कुमार भण्डारी र जयराज पन्त लोकसाहित्य पुरस्कारबाट साहित्यकार पदमराज जोशीलाई सम्मानित गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई उपकुलपति डा. टीएन जोशीले दोसल्ला र नगद पुरस्कार प्रदान गरे।

समारोहमा साहित्य कला र संस्कृतिका क्षेत्रमा क्रियाशील बिभिन्न ब्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो। झण्डै दुइसय बढी स्रष्टाहरूको उपस्थिति रहेको साहित्य उत्सवमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानमूलकग्रन्थ ‘सगुन” लोकार्पण समेत गरिएको थियो। समारोहमा कवि निर्मलकुमार भण्डारी, कैलास कुमार पाण्डेय, गीता स्मृति कठायत, तीर्थराज भट्ट, कुश्मा भट्ट, हिम्मत शाही,निर्मला बिष्ट, डिलबहादूर महरा लगायत दर्जनौ कविहरूका रचनाले साहित्य उत्सव रोचक र आकर्षक बनेको थियो।

नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदको सभापतित्वमा भएको समारोहको सञ्चालन कवि तोयानाथ भट्टले गरेका थिए। साहित्य उत्सवमा सहभागी सबैलाई आयोजकले कोदोको पीठो र मह उपहार दिइएको थियो।