भारतको बेंगलुरुमा नेपाली महिलाको क्रुर हत्याः ३२ टुक्रा बनाएर फ्रिजमा भेटियो लाश

Image
Nisarga Hospital

भारतकाे बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एक महिलाको हत्यापछि उनको शवलाई ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको घटना बाहिर आएको छ । महिला नेपाली भएकाे खुलेकाे छ । हाल उनकाे परिवार झारखण्डमा बस्दै आएकाे थियाे । जानकारीका अनुसार शनिबार बेंगलुरुको व्यालिकवल क्षेत्रमा रहेको फ्ल्याटको फ्रिजमा २९ वर्षीया महालक्ष्मी दासको शव भेटिएको थियो ।

CP Hospital Dhangadhi

दुई दिनदेखि दुर्गन्ध फैलिरहेको देखेपछि शनिबार दिउँसो करिब ३ः३० बजे मृतकका घरधनीले उनकाे परिवारलाई फोन गरेका थिए ।

फ्रिजमा किरैकिरा

nawajiwan

घरधनीले फाेन गरेपछि महालक्ष्मीकी आमा र बहिनी फ्ल्याटमा पुगेका थिए । उनहरू त्यहाँ पुग्दा महालक्ष्मीकाे फ्ल्याटकाे अगाडिको ढोका बाहिरबाट बन्द थियाे । कोठाबाट दुर्गन्ध आइरहेको थियो । उनीहरुले १६५ लिटरको सिंगल डोर फ्रिजबाट केही किरा निस्किरहेको देखे । फ्रिज खोल्दा सडेको शव देखेपछि दुवै बेहोस भएका थिए ।

दुर्गन्धले घरधनीलाई पनि चक्कर लाग्यो । उनी तुरुन्तै त्यहाँबाट बाहिर निस्केर प्रहरीलाई बोलाए । प्रहरीले घटनास्थलमा पुगेर शवका अंगहरु आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ ।

मलमा काम गर्थिन् महालक्ष्मी
महालक्ष्मी एउटा मलमा काम गर्थिन् । उनले व्यालिकवलको पाइपलाइन रोडमा रहेको भवनको पहिलो तल्लामा फ्ल्याट भाडामा लिएकी थिइन् । उनी त्यहाँ एक बेडरूमको फ्ल्याटमा एक्लै बस्थिन् । भवन मालिक जयराम सोही भवनको भुइँ तल्लामा बस्छन् ।

Attariya Hospital

महालक्ष्मी पाँच महिनादेखि त्यहाँ बस्दै आएको छिमेकीले बताएका छन् । सुरुका दिनमा उनका दाजु पनि उनीसँगै बस्थे । महालक्ष्मी श्रीमानबाट अलग भइसकेकी थिइन् । महालक्ष्मीका श्रीमान् बच्चासँग नेलमंगलामा बस्छन् ।

सेप्टेम्बर १२ मा भएको थियो हत्या
प्रहरीले हत्यामा एक वा बढीको संलग्नता थियो कि भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ । पश्चिमाञ्चल डिभिजनका एसीपी सतीश कुमारले सेप्टेम्बर १२ मा वा पछि महिलाको हत्या भएको बताएका छन् । उनको मोबाइल सेप्टेम्बर १२ देखि स्वीचअफ थियो । उनीहरुले कल रेकर्ड जाँच गरिरहेका छन् । एक अधिकारीका अनुसार उनको परिवारका सदस्यहर मध्ये कसैले पनि यति लामो समयसम्म उनीलाई सम्पर्क गर्न खोजेको थिएन ।

महालक्ष्मीलाई पिक-ड्रप गर्ने व्यक्तिको खोजी
हत्यारा महालक्ष्मीको चिनेको व्यक्ति भएको हुनसक्ने प्रहरीको अनुमान छ । घरबाट कुनै सामान चोरी भएको छैन, न त हराएको छ । महालक्ष्मीलाई मार्नुअघि न त कोही घरभित्र पसेको छ न त कुनै संघर्ष नै भएको छ ।

केही छिमेकीले महालक्ष्मीलाई लिन बिहान एकजना मानिस आउने र राति घर फर्काउने गरेको बताएका छन् । प्रहरीले उनकाे खोजी गरिरहेको छ । ‘पिक एन्ड ड्रप ब्वाइ’ले महालक्ष्मीलाई प्रपोज गरेको कतिपयको भनाइ छ । दुवैबीच अफेयर रहेकाले महालक्ष्मीको परिवारले उनलाई छाडेका बताइएकाे छ ।

कागजपत्र बाट साभार