इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा सोमवार गरेको हवाई आक्रमणम: कम्तीमा ५० जना मारिए

Image
Nisarga Hospital

एजेन्सीः इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा सोमवार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जना मारिएका छन्।

CP Hospital Dhangadhi

आक्रमणमा ३ सयभन्दा बढी घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार घाइते हुनेमा महिला, बालबालिका तथा स्वास्थ्यकर्मीसमेत छन्। सोमवारको आक्रमण गत अक्टुबर ७ यताकै ठूलो भएको बताइएको छ।

Attariya Hospital

सरकारी अधिकारीहरूले आक्रमणमा मारिनेको संख्या निकै बढी भएको अनुमान गरेका छन्। इजरायली सेनाले लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्ष्य गरी आक्रमण गरेको दाबी गरेको छ।

nawajiwan

करिब एक वर्षअघि गाजामा युद्ध सुरु भएयता इजरायल–लेबनान सीमामा दिनहुँजसो गोली हानाहान हुँदै आएको थियो। सन् २०२३ को सेप्टेम्बर ७ मा प्यालेस्टिनी समूह हमासले उत्तरी इजरायलमा आक्रमण गरेको थियो। त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४२ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ।