राज्यमन्त्री खड्कालाई गृह जिल्लामा भब्य स्वागत सहित अभिनन्दन

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का गृह जिल्ला डडेल्धुरा पुगेकी छिन् । राज्यमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेकी खड्कालाई स्वागतसहित अभिनन्दन गरिएको छ ।

CP Hospital Dhangadhi

नेपाली कांग्रेसका नेताकार्यकर्ताले जिल्ला सदरमुकामस्थित बसपार्कमै पुगेर राज्यमन्त्रीको स्वागत गरेका थिए । नेताकार्यकर्ताले राज्यमन्त्री खड्कालाई फुलमाला, खादा लगाएर स्वागत गरेका थिए ।

nawajiwan

यस्तै जिल्ला सदरमुकाममा स्वागत कार्यक्रम पनि राखिएको छ । महिल संघ डडेल्धुराले स्वागत कार्यक्रम राखेको हो ।

Attariya Hospital

नेपाल महिला संघ जिल्ला कार्य समिति डडेल्धुरा द्वारा आयोजित सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास राज्य मन्त्री माननिय सरस्वती खड्का ज्यु लाई स्वागत तथा अभिनन्दन कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम उपस्थित सम्पुर्ण व्यक्तित्व ज्युहरुलाई हृदयदेखि आभार तथा धन्यवाद व्यक्त गर्दै सिङ्गो डडेल्धुरा को विकास समृद्धि र सुशासन का लागि सधैंव लागि रहने बताउनु भएको छ ।