
अत्तरिया: नेपाली गित संगितमा छोटो समयमै चर्चा बटुल्न सफल पछिल्लो युवा पुस्ताका चर्चित लोकपप देउडा गायक चेतन बोहराको अर्को सांङ्गितिक कोशेली बजारमा ल्याएका छन । सुशिल बोहरा उत्कृष्ट शब्द र अन्तराम बिष्ट र सुशिल बोहराको लय संगितमा तयार पारिएको “सुनौली कोल” नामक गितमा गायक चेतन बोहरा र बिपना सिंहको स्बर रहेको छ ।

चेतन बोहरा युटुब च्यालनवाट सार्वजनिक भएको गितको म्युजिक भिडियो पनि निकै रमाईलो सँगै युवा जमातको ढुकढुकी माया प्रेमका तिता ठिठा कुराहरुलाई समाबेश गरेर भिडियोमा कदैद गरिएको छ । उक्त गितको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने रेश्मा बिष्टले साथ दिएकी छन् ।
































