पहिराेले घर पुरियाे,नाै जनाकाे परिवार विस्थापित

Image
Nisarga Hospital

बैतडी: पहिराले बैतडीमा एक घर पुरिएको छ। जिल्लाकाे डिलाशैनी गाउँपालिका ४ जाेखल्लीका सुरेन्द्र राेकायाकाे दुई तलाकाे ४ काेठे पक्की घर पहिराले पुरेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।

CP Hospital Dhangadhi

गएराति १२ बजे खसेकाे पहिराले घर पुर्णरूपमा क्षति भएको छ। पहिराेले मानवीय र पशुचाैपायामा कुनै क्षति नभएपनि अन्नपात,लत्ताकपडा र भाडाकुडा पुरिएका छन्।

Attariya Hospital

पहिराे आउन संकेत पाएपछि घरका सबै मान्छे गाउँले घरमा बसेका थिए। पहिराले घर पुरिएपछि सुरेन्द्रकाे नाै जनाकाे परिवार आफन्तकाे घरमा बसिरहेका छन्।

nawajiwan

प्रहरीकाे टाेली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।