दशैँ मनाउन घर फर्कंदै गरेका मजदुर महाकालीमा बेपत्ता

Image
Nisarga Hospital

बैतडी : महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्।

CP Hospital Dhangadhi

भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका अमर नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका-८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकालीमा लडेका हुन्।

Attariya Hospital

बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासी चिप्लिएर महाकाली नदीमा खसेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

nawajiwan

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै खोजीका लागि भारतीय सुरक्षाकर्मी एसएसबीलाई पनि आग्रह गरिएको छ। लगातारको वर्षाले महाकालीको बहाव बढ्नुका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुंगानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।