सुदूरपश्चिमका दुई जिल्लामा विद्युत सेवा अवरुद्ध

Image
Nisarga Hospital

बैतडीः सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलाको विद्युत सेवा अवरुद्ध भएकाे छ । आज बेलुका ५ बजेदेखि दुई जिल्लाकाे विद्युत सेवा अवरुद्ध भएकाे नेपाल विद्युत प्राधिकरण,बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पाैडेलले जानकारी दिनुभयाे।

CP Hospital Dhangadhi

लगातारकाे बर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ के भी प्रसारणकाे लाइनकाे तार टुटेर ३३ केभी परेकाेले यहाँका दुई जिल्लाकाे विद्युत सेवा अवरुद्ध भएको हाे । उहाँले भन्नुभयाे,” १३२ के भि प्रसारणकाे लाइनकाे तार दार्चुलाकाे नाइलमा ३३ केभीमा खस्न गएर विद्युत सेवा अवरुद्ध भएकाे छ।”

Attariya Hospital

विद्युत सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्। अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिककाे परिचालन गरिएको प्रमुख पाैडेलले बताउनुभयाे। दुई दिनदेखिको वर्षाले यहाँकाे जनजीवन प्रभावित भएको छ।

nawajiwan