एक वर्ष नि: शुल्क शिक्षण, पछि स्थायी हुदै “हेड सर” सम्म भएका वीर सिह धामी

Image
Nisarga Hospital

बैतडी – नेपोलियन बोनापार्टले भनेका छन्– दृढ इच्छा शक्ति हुनुपर्छ, संसारमा असम्भव भन्ने केही छैन । यस्तै असम्भवलाई सम्भव तुल्याएर छाड्ने एक व्यक्तित्व हुनुहुन्छ – बैतडीका बीर सिंह धामी ।

CP Hospital Dhangadhi

सानो झुपडीमा जन्मिएका बैतडीका वीर सिह धामी ‌ झोपडीमै भए पनि उहाँले पढाइलाई निरन्तरता दिँदै गए ।
२०३९ सालमा जन्मिएका वीर सिह धामीको पढ्ने वातावरण भने त्यती सहज थिएन ।

गरिव परिवार, अनि त्यो वेला पढ्नुपर्छ भन्ने धारणाको धेरै विकास पनि भएको थिएन ‌ । पढाइ गर्न नजिकै विद्यालय नभएपनि टाढा टाढा गएर पढाइलाइ निरन्तरता दिदै सिगास गाउँपालिकामा सफलताको उदाहरणीय पात्र बनेका छन् वीर सिह धामी ।

nawajiwan

कुरो वि.सं. २०६२/६३ सालतिरको कुरा हो, पढाईलाई निरन्तरता दिँदै शिक्षक बन्नुपर्छ भन्ने धारणा बोकेका वीर सिह धामी नि:शुल्क शिक्षाको ज्योति फैलाउन हालको श्री शिव माध्यमिक विद्यालय गढतोलामा शिक्षक पदमा नियुक्त भए । नि:शुल्क १ वर्ष शिक्षक (२०६२-२०६३) बन्दै गर्दा शिक्षक बनेरै आफ्नो गाउँ ठाउँका बालबालिकालाई शिक्षाको ज्योति फैलाउँछु भन्ने परिकल्पनाका साथ शिक्षण पेशालाइ निरन्तरता दिएको वीर सिह धामीको भनाइ छ ।

समय वित्दै गयो मानिसले सफल हुन संघर्ष गर्नुपर्दछ सफलता अवश्य मिल्छ भनेर देखाउने प्रेरणाका श्रोत पनि बने वीर सिह धामी । हालको श्री शिव माध्यमिक विद्यालयमै शिक्षण गर्ने क्रममा २०६२-२०६३ सम्म नि: शुल्क शिक्षण गरेपछि शिक्षक वीर सिह धामीको उच्च कदर गर्दै २०६३ सालमा‌ पहिलो पटक रु २००० पारिश्रमिक निर्धारण गरियो । त्यो पारिश्रमिक वि.सं. २०६५ साल सम्म कायम रह्यो । वीर सिह धामीले २०६३-२०६५ साल सम्म ३ वर्ष मासिक २००० तलब भत्ता पाउने गरी काम गर्नुभयो ।

शिक्षक वीर सिह धामीको संघर्षको यात्रा त्यतिमै रोकिएन आफ्नो गाउँ ठाउँका बालबालिकालाई शिक्षाको ज्योति फैलाउन तल्लीन उहाँले वि.सं. २०६५ मा लिएन पदमा नियुक्त हुदै काम गर्ने मौका पाउनुभयो ।

Attariya Hospital

वीर सिह धामीको महान संघर्षको कथा अव सुरु हुन्छ : शान्त स्वभाव, बहुप्रतिभाशाली शिक्षक, सुरिलो आवाज सबै कुरामा भरिपूर्ण उहाँले‌ वि.सं. २०६८ सालमा प्राथमिक तहको दरबन्दीमा काम गर्ने मौका पाउनुभयो ‌। यसरी संघर्षका गोरेटो पार गर्दै गर्दा वि.सं. २०७५ सालमा शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदको आन्तरिक विज्ञापन बाट स्थायी हुदै उत्कृष्ट संघर्ष गर्दै नि:शुल्क शिक्षण पेशा अंगालेका शिक्षक वीर सिह धामीले आफ्नो अर्को “रेकर्ड” कायम राख्दै शिव माध्यमिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणीमा स्थायी शिक्षक पदमा नियुक्त हुनुभयो ।

वि.सं. २०७५ सालमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी शिक्षक पदमा नियुक्त भएका वीर सिह धामी योग्यताको हिसाबले स्नातक तहसम्मको शिक्षा हासिल गरेका शिक्षक हुन् । वि.सं. २०७५ साल देखि हालसम्म शिव माध्यमिक विद्यालय गाढतोलामा कार्यरत रहेका शिक्षक वीर सिह धामी हालै सोही विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भएका छन् ।

उहाँ भन्नुहुन्छ “जुन बेला पहिलो पटक म नि:शुल्क शिक्षण पेशामा लागेको थिएँ त्यो बेला लाग्थ्यो यो पेशा पनि ठिक छैन, पछि संघर्ष गर्दै गए सफलता पनि हासिल गर्न सफल भए ।”

शिव माध्यमिक विद्यालय गढतोलाको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार २०८१ असोज ४ गते उहाँ सो विद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको छ । प्रधानाध्यापक पदमा नियुक्त भएसँगै वीर सिह धामीका संघर्षको यात्रामा हर्षका आँसु बगिरहेका छन् ।

प्रधानाध्यापक पदमा नियुक्त भएसँगै शिव माध्यमिक विद्यालयको चौतर्फी विकासका लागी अहोरात्र खटिने उहाँले बताउनुभयो । संघर्षरत शिक्षक वीर सिह धामीको प्रधानाध्यापक पदमा सफल कार्यकालको शुभकामना ।