सिगास ६ को महादेव माविको भवन जीर्ण अवस्थामा, सहयोग गर्न अपिल

Image
Nisarga Hospital

बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं. ६ मा रहेको सबैभन्दा पूरानो विद्यालय श्री महादेव माध्यमिक विद्यालय जीर्ण बन्दै गएको छ । वि.सं. २०१७ सालमा स्थापना गरिएको उक्त विद्यालय हाल जीर्ण अवस्थामा रहेको हो ।

CP Hospital Dhangadhi
जीर्ण अवस्थामा रहेको बैतडीको सिगास गाउँपालिका ६ मा रहेको श्री महादेव माध्यमिक विद्यालयको भवन ।।
तस्बिर:- सुदूरखबर
जीर्ण अवस्थामा रहेको बैतडीको सिगास गाउँपालिका ६ मा रहेको श्री महादेव माध्यमिक विद्यालयको भवन ।। तस्बिर:- सुदूरखबर
nawajiwan

अहिले कक्षा बालविकास देखी १० कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा २०६७ सालमा जनश्रमदानबाट निर्माण गरिएको ८ कोठाको विद्यालय भवन एकदमै जीर्ण अवस्थामा पुगेको र वर्षा हुँदा छानो चुहिने र कक्षा कोठा भित्र पानी पस्ने समस्याले शिक्षकले डराइ डराइ पढाउनुपर्ने, विद्यार्थीले डराइ डराइ पढ्नुपर्ने पठनपाठन गर्न निकै समस्या रहेको विद्यालयका प्रधानाध्यापक मोहन सिंह ऐरले जानकारी दिए ।

जीर्ण अवस्थामा रहेको बैतडीको सिगास गाउँपालिका ६ मा रहेको श्री महादेव माध्यमिक विद्यालयको भवन ।
तस्बिर:- सुदूरखबर

वि.सं. २०७७।७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट २ कोठे विद्यालय भवन र संसद विकास कोष बाट अर्को २ कोठे विद्यालय भवन निर्माण गरिएपनि कार्यालय र पुस्तकालय र कक्षा ९ र १० लागी मात्र प्रयोगमा ल्याउनुपर्ने बाध्यता भएकाले अन्य कक्षाका विद्यार्थीलाई पठनपाठनमा विद्यालय भवनको चरम समस्या रहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सिंह साउदले बताए ।

जीर्ण अवस्थामा रहेको बैतडीको सिगास गाउँपालिका ६ मा रहेको श्री महादेव माध्यमिक विद्यालयको भवन ।।
तस्बिर:- सुदूरखबर
जीर्ण अवस्थामा रहेको बैतडीको सिगास गाउँपालिका ६ मा रहेको श्री महादेव माध्यमिक विद्यालयको भवन ।।
तस्बिर:- सुदूरखबर

विद्यालयको भौतीक अवस्था पनि दयनीय रहेको कुरालाइ आत्मसात गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटमा सिगास गाउँपालिकाले भवन मर्मतका लागि रु. ५ लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यस्तै विद्यार्थी लाई बस्न डेस्क, बेन्च देखी कुर्सी लगायतका अन्य भौतीक व्यवस्था नहुँदा पनि पठनपाठनमा चरम समस्या भएको छ । शिशु कक्षा व्ययस्थापन देखी अन्य कक्षा व्यवस्थापन गर्न धौ धौ अवस्था सृजना भएको साथै विज्ञान प्रविधिको युगमा पनि विद्यालयमा सूचना तथा प्रविधिका सामाग्रीहरु, प्रोजेक्टर, कम्प्युटर लगायतका सामाग्री नभएकाले सूचना तथा प्रविधि क्षेत्रबाट विद्यार्थी लगायत शिक्षकले अनविज्ञ हुनुपर्ने अवस्था रहेको प्रधानाध्यापक ऐरले बताए ।

Attariya Hospital
जीर्ण अवस्थामा रहेको बैतडीको सिगास गाउँपालिका ६ मा रहेको श्री महादेव माध्यमिक विद्यालयको भवन ।।
तस्बिर:- सुदूरखबर

सोही कुरालाई मध्यनजर राख्दै विद्यार्थी लाई बस्न डेस्क, बेन्च देखी कुर्सी लगायतका अन्य भौतीक व्यवस्था गर्न, शिशु कक्षा व्ययस्थापन देखी अन्य कक्षा व्यवस्थापन गर्न र गाउँपालिकाको बजेट सहित अन्य सहयोग रकम संकलन गरी विद्यालयको स्तरोन्नति गर्न विद्यालय व्यवस्थापन समितिले आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउदले बताए ।

जीर्ण अवस्थामा रहेको बैतडीको सिगास गाउँपालिका ६ मा रहेको श्री महादेव माध्यमिक विद्यालयको भवन ।।
तस्बिर:- सुदूरखबर

असोज १६ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयको लागि डेस्क, कुर्सी, टेबल, बेन्च, स्मार्ट वोर्ड, बालविकासका सामाग्री, टिभि, प्रोजेक्टर र जीर्ण अवस्थामा रहेको भवनको पुनः निर्माण गर्नको लागि विद्यालयसँग आर्थिक स्रोत नभएकाले देश तथा विदेशमा रहेका आम मनकारी चन्दा दाताहरुबाट आर्थिक संकलन गर्ने निर्णय पारित गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउदले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार आर्थिक सहयोग संकलन गर्ने निर्णय ।।
तस्बिर: विद्यालयको फेसबुक पेज बाट

एक/एक रुपैयाँ सहयोग गर्दै विद्यालयको उन्नति र प्रगतिको लागि आर्थिक सहयोग संकलन अभियानमा सहयोग गरिदिनुहुन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले सबै मनकारी चन्दादाताहरुमा सहयोगको अपील गर्नुभएको छ ।

सहयोग गर्नका लागि :
खाता वालाको नाम :- Mohan Singh Air
खाता नम्बर :- 1170100024044010
बैंकको नाम :- राष्ट्रिय वाणिज्य बैंक
इसेवा नम्बर:- 9851136736
फोन पे नम्बर :- 9851136736

QR code
राष्ट्रिय वाणिज्य बैंक

इसेवा
आइएमइ पे

Advertize US