
बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं. ९ चौखाममा रहेको दोगाडा भूमिराज थानमा २ कोठे पक्की ध्वनिघर निर्माण गरिएको छ । चौखाममा स्थायी ठेगाना भएका समाजसेवी व्यक्तित्व शालिभान सिंह धामीको नेतृत्वमा २ कोठे पक्की ध्वनिघर निर्माण गरिएको बताइएको छ ।

समाजसेवी युवा शालिभान सिंह धामीको नेतृत्वमा देश तथा विदेशमा रहेका भक्तजनहरुकाे आर्थिक दान सहयोगमा सिगास गाउँपालिका वडा नं. ९ दाेगाडा भुमिराज थानमा ३ लाख १८ हजारमा ध्वनिघर (२ काेठे भण्डारण गृह) निर्माण सम्पन्न भएको रेज नेपालका अध्यक्ष सूर्यबहादुर बोहराले जानकारी दिनुभयो ।
यस अघि रेज नेपालका अध्यक्ष सूर्यबहादुर बोहराको नेतृत्वमा मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व गुम्न नदिने उद्देश्यले गेट, सिढी निर्माण कार्य गरिएको थियो ।

सिगास गाउँपालिका वडा नं. ९ मा अवस्थित सुप्रसिद्ध धार्मीक स्थल दोगाडा भूमिराज मन्दिरमा पूजाआजा गरे आँटेको, सोचेको, चिताएको सबै मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा विशेष गरी बलि चढाइन्छ र पूजाआजा गर्ने चलन रहिआएको छ ।
उक्त मन्दिरमा पूजाआजा गर्न सिगास गाउँपालिका सहित छिमेकी जिल्ला बाट समेत पूजाआजा गर्ने घुइँचो रहदै आएको छ।

यसैबिच दोगाडा भूमिराज थानमा २ कोठे पक्की ध्वनिघर निर्माण गर्नमा ठूलो भूमिका निर्वाह गर्नुहुने चौखाममा स्थायी ठेगाना भएका समाजसेवी व्यक्तित्व शालिभान सिंह धामीले सहयोग संकलन अभियानमा सहयोग पुर्याउने सबैलाइ धन्यवाद दिनुभएको छ ।
सबैलाइ धन्यवाद दिदै उहाँ भन्नुहुन्छ ” बैतडी जिल्ला सिगास गाउँपालिका वडा नं. ९ चौखाममा रहेको धार्मिक र पर्यटकीय स्थल दोगाडा भुमिराज मन्दिर निर्माण गर्न सर्वप्रथम त मुल समिति म सँगै बसेका साथी निमार्ण समिति, बुद्धिजीवी, सहयोगी, समाजसेवी, वडाका प्रतिनिधि लगायत सम्पूर्ण भक्तजनहरूमा हार्दिक नमनका साथै हजुरहरुको दोगाडा भुमिराजले सदैव रक्षा गरून् ।”
“साथै केहि दिन पहिले ध्वनिघर बिचैमा बाँकी रहन गएकोले दोस्रोपटक चन्दा सहयोग गर्नुहुने चन्दादातालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । ध्वनिघर निमार्ण गर्दा अनेकौ समस्या हरु भएतापनि आँखिर समस्याको समाधान भईहाल्यो यो सबै हजुरहरुको साथ सहयोग मायाको कारण बनेको हो हजुरहरुलाई धन्यवाद दिन चाहन्छु । ”
“दोगाडा भूमिराज मन्दिरलाई निमार्ण कार्य सुरुवात गर्ने भाई दान सिंह धामीलाई पनि धन्यवाद दिन चाहन्छु, साथै विभिन्न माध्यमबाट दोगाडा भूमिराज मन्दिरको ध्वनिघर बनाउन स्वदेश तथा विदेशमा बस्ने चन्दा दाताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। दोगाडा भुमिराज मन्दिरको ध्वनिघर निमार्ण भईसकेपछि चन्दा दाताहरुले के कति चन्दा भयो जम्मा रकम कति भयो । यसको सार्वजनिक सुनुवाई बैठक बोलाएर गरिसकेको छु। मेरो संयोजकत्वमा दोगाडा भूमिराज थानमा ध्वनिघर निर्माण गर्नको लागि संकलन गरिएको रकम रू. ३,१८,६४६ नगद भएको छ भने केहि व्यक्तिहरुले ठूलो सहयोग जिन्समा दिएका छन। सबैलाइ एकमुष्ट रुपमा हार्दिक धन्यबाद दिन चाहान्छु ।”





























