बाजुराबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

Image
Nisarga Hospital

बाजुरा: जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। १५ वर्षीया ती किशोरीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

CP Hospital Dhangadhi

सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो।

जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो। किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

Dhnagadhi & Krishanapur