डेउडा गायक स्वर्गीय बोगटीको श्रद्धाञ्जली सभा सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः डेउडा प्रतिष्ठान केन्द्रीय कार्यालय धनगढीमा बरिष्ठ डेउडा गायक स्वर्गीय दलबहादुर बोगटीको १५औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले श्रद्धाञ्जली सभामा बोल्दै बरिष्ठ डेउडा गायक बोगटीको निधनले हामी अत्यन्तै दु:खित र मर्माहत भएका छौं । सरल स्वभाव शालिन ब्यक्तित्व लोभ लालचा केहि नभएका एक हस्ती गुमाउदा सुदूरपश्चिम प्रदेशलाई अपुरणीय क्षती भएको बताउनु भयो ।

nawajiwan

श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश बक्ताहरुले नेपाली लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन, प्रचारप्रसार एवं उन्नयनमा अनवरत रुपमा जीवन समर्पित गर्नु भएका पुर्ब राष्ट्र सेवक कर्मचारी , लोक संस्कृतिका एक धरोहर, डोटेली चलचित्र देखि सयौं गीतमा अभिनय गर्नु भएका अभिनेता , गायक एवं संस्कृतिबिद बहुप्रतिभावान क्षमता भएका अग्रज अभिभावक गुमाउदा सिंगो कलाकारिता क्षेत्र नै टुहुरो बनेको बताउनु भयो ।

Attariya Hospital


श्रद्धाञ्जली सभामा स्वर्गीय बोगटीको नाममा अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । त्यसका लागि संघ, प्रदेश , र स्थानीय सरकार लगायत सम्पुर्ण संघ /संस्था ब्यक्तीहरु सबैलाई सहयोग गर्न आवहान गरिएको छ । सबैको साझा ब्यक्ती भएकाले यो कोष सबैको साझा रुपमा सञ्चालन गरिने डेउडा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले बताउनु भयो ।

स्वर्गीय बाेगटी पूर्वराष्ट्र सेवक कर्मचारीदेखि,डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितिका अध्यक्ष ,राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान कैलाली जिल्लाका पूर्व अध्यक्ष ,राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका पूर्व उपाध्यक्ष ,नेपाल साँस्कृतिक महासंघ कैलाली जिल्ला सदस्य ,सुदूरपश्चिम साहित्य समाज सदस्य ,नेपाल साँस्कृतिक कलाकर्मी संघ कैलाली जिल्लाका पूर्व अध्यक्ष ,लगायत दर्जनौँभन्दा बढी संघ संस्थामा आवद्ध पनि रहनु भएकाे थियाे ।

डेउडा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा सुदूरपश्चिम प्रदेश सरकारका अर्थराज्यमन्त्री प्रकाश बहादुर बम , सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि एन जोशी ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य/निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम बहादुर धामी ,प्राध्यापक बलराम भट्ट ,डेउडा प्रतिष्ठानका प्रथम उपाध्यक्ष भक्तराज जोशी ,प्रतिष्ठानका कोषाध्यक्ष प्रेम बिबश चन्द ,स्वर्गीय बोगटीका नाती शम्भु बोगटी लगायतले श्रद्धा सुमन अर्पण गर्नु भएको संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले बताउनु भयो ।