डडेल्धुराकी किशोरी आरतीको घाँटी थिचेर हत्या गरिएको पुष्टि

Image
Nisarga Hospital

डडेल्धुरा : डडेल्धुरामा १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो।

CP Hospital Dhangadhi

बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए। डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। यही असोज २५ गते आरती अमरगढी नगरपालिका–७ पोखरामा मृत फेला परेकी थिइन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur