नवजात शिशु जन्मेको खुसी साट्न नपाउदै बोहरा दम्पतीको सपना बिचबाटोमै चकनाचुर

Image
Nisarga Hospital

धनगढीः नवजात शिशुसँगै बोहरा दम्पतीको सपना बिचबाटोमै चकनाचुर भएको छ। नवजात शिशुसहित एकै परिवारका तीन सदस्यको बस दुर्घटनामा परेर एकै चिहान भएको छ।

CP Hospital Dhangadhi

बैतडीको पुर्चौडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा गर्भवती थिइन। २४ असोजमा उनी ‘डेलिभरी’का लागि कैलालीको धनगढी आएकी थिइन्। सँगै उनका श्रीमान २२ वर्षीया सहदेव बोहरा पनि थिए। गर्भवती छोरीको स्याहार गर्न आमा ४५ वर्षीया जैमती पनि धनगढी आइपुगेकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्।

पहिलो सन्तान जन्मदिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो। तर उनीहरूको खुसी एकदिन पनि टिक्न सकेन। छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस दुर्घटनामा परेको हो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका सहदेब, श्रीमती कमला बोहरासहित नवजात शिशु र सहदेवकी सासुआमा गरि ४ जना घर नपुग्दै बिच बाटोमै अस्ताएका छन्।

nawajiwan
Attariya Hospital

पुर्चौडी नगरपालिका–३ का वडाअध्यक्ष खगेन्द्रबहादुर बोहराका अनुसार मृतक चार जना एकैगाउँका हुन्। सहदेव भारतको बैंङ्लोरमा काम गर्थे। उनी केही महिनाअघि मात्रै घर आएका थिए। सहदेवले दुईवर्ष अघि गाउँकै कमलासँग बिहे गरेका थिए। बसमा सवार पुर्चौडी नगरपालिका–१० की गोवणी महराको पनि मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

बसमा १७ जना सवार थिए। तीमध्ये १२ जना घाइते छन्। गम्भीर घाइते पुर्चौडी नगरपालिका–३ का २४ को बिरेन्द्र बोहरा र डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहराको धनगढीमा उपचार भइरहेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखाँनमा ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मंगलबार राति १२ बजेतिर कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको हाट–पुर्चौडीका लागि छुटेको बस अमरगढी नगरपालिका–७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका चारजनासहित पाँचको मृत्यु भएको छ।