बैतडीमा अटो दुर्घटना हुँदा गर्भवति महिलासहित चार जना घाइते :

Image
Nisarga Hospital

बैतडी : बैतडीमा अटो दुर्घटना हुँदा गर्भवति महिलासहित चार जना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका ३ श्रीकोट खोचलेक नजिक अटो दुर्घटनामा परेको हो । सिल्लेगडाबाट खोचलेक तर्फ जाँदै गरेको सुप प्र ०१–००१ ह ६०७० नम्बरको अटो साढे १२ बजे क्वालिटी मोडमा दुर्घटना हुँदा चार जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

CP Hospital Dhangadhi

दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका २ कि २५ पार्वती जोशी, सोही ठाउँकि ४५ वर्षीया बसन्ती जोशी, अटो साहु समेत रहेका २५ वर्षीय राजेन्द्र भाट,पुर्चौडी नगरपालिका ९ का २० वर्षीय हिरा सार्की रहेका छन्। घाइतेमध्ये पार्वतीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी घाइते भएका चारै जनाको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरी प्रवक्ता ढुंगानाले बताए ।

Attariya Hospital

अटो चालक दार्चुला शैल्यशिखर ९ का २२ वर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त अटो सडकबाट १०० मिटर तल खसेको छ। अटो आफैं अनियन्त्रित भएको दुर्घटना भएको प्रहरीको भनाई छ। अटोमा चालकसहित पाँच जना सवार रहेको बुझीएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

nawajiwan