बाजुरा जोड्ने साफेँ–मार्तडी सडक मर्मत भएसँगै आवतजावत सहज

Image
Nisarga Hospital

बाजुरा : बाजुरा जोड्ने साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ । यस सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय यहाँ चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

CP Hospital Dhangadhi

अहिले सडकमा भएको खाल्टाखुल्टी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य अगाडि बढाएपछि यहाँ चल्ने सवारीसाधनलाई आवतजावतमा सहजता आएको छ ।

Attariya Hospital

बाजुराको इकडीगाडदेखि मार्तडीसम्मको झन्डै ४२ किलोमिटर सडक केही वर्ष पहिला कालोपत्रे भएको थियो तर समयमा स्तरोन्नति नहुँदा सडकको अवस्था कमजोर बनेको थियो । डिभिजन कार्यालयले त्यसमध्येको १६ किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गरेको जनाएको छ ।

nawajiwan

अविरल वर्षाका कारण सडक बिग्रिँदै गएकाले त्यसलाई बलियो पार्ने गरी सडकलाई कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले जानकारी दिए। बार्जुगाडदेखि मार्तडीसम्मको झन्डै २७ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडकमा कालोपत्रे काम पूरा भएको गिरीले बताए । साँफेमार्तडी सडक कालोपत्रे भएको झन्डै १० वर्षपछि अहिले पुनः त्यसलाई कालोपत्रे गर्ने काम भएको हो । सडकको बिचमा गएको पहिरोका कारण केही ठाउँमा अहिले पनि सवारीसाधन चलाउन निकै सास्ती हुँदै आएको छ ।