बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
Nisarga Hospital

बाजुराः बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुकाखोला नजिकै गए राति कर्णाली प्रदेशको ४८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रा कालिकोटका २९ वर्षीय मोटरसाइकल चालक खेमराज बुढाको मृत्यु भएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बाजुराको जगन्नाथ गाउँपालिका–४ नाराकोटका ३७ वर्षीय खडक भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घाइते भण्डारीको उपचार भइरहेको छ। मृतकको शवलाई कालिकोट पठाइएको प्रहरीले जनाएको छ।

nawajiwan