बाजुराको छेडेदह गोल्ड कप २०८१ को उपाधि कन्सर्न बाजुरालाई

Image
Nisarga Hospital

जनक बोहरा/बाजुरा: छैटौँ संस्करण तथा छेडेदह गोल्ड कप २०८१ को उपाधि कन्सर्न बाजुराले जितेको छ । समुहचरण र सेमी फाइनलबाट उपाधिका लागि फाइनमा पुगेको कन्सर्न बाजुराले बडीमालिका ९ लाई पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो ।

CP Hospital Dhangadhi

लगातार चार वर्ष उपाधि जित्दै आएको कन्सर्न बाजुराले यो पटक पनि उपाधि जितेको छ । आज भएको रोमाञ्चक खेलमा कन्सर्न बाजुराले बडीमालिका ९ लाई ४९२ ले पराजित गरेको छेडेदह गोल्डकपमा खेल संयोजक कृष्ण ओलीले जानकारी दिएका छन् । खेल सुरु भएको ३० मिनेटमा कन्सर्न बाजुराका जीवन रावलले पहिलो १ गोल हानेका थिए । त्यसको लगत्तै ओमप्रकाश बोहराले १ गोल र हृदयचन्द्र सिंहले १ गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा सिंहले १ गोल हान्दै ४ बनाएका थिए । भने बडीमालिका ९ का राजेश थापाले १ गोल र सुमन वि।क।ले १ गोल हानेका थिए । खेलको दोस्रो हाफमा विक र थापाले जवाफीमा कन्सर्न विरुद्ध दुई गोल हानेपनि कन्सर्नले ४ गोल हानेपछि उपाधि जितेको हो ।
यस भन्दा पहिले भएको छेडेदह गोल्ड कप प्रतियोगितामा समूह चरणबाट नै बाहिरिदै आएको बडीमालिका–९ यो पटक फाइनलमा प्रवेश गरेको हो ।

nawajiwan
Attariya Hospital

अंक तालिकाका आधारमा कन्सर्न बाजुरा र बडीमालिका देखिएपछि दुई वटै क्लवबीच फाइनलको प्रतिष्पर्धा भएको खेल संयोजक ओलीले बताए । असोज ३ गतेबाट सुरु भएको छेडेदह गोल्ड कप प्रतियोगिता कार्तिक ९ गते समापन भएको हो ।छेडेदह स्पोर्टस क्लबका अध्यक्ष लोकेन्द्र बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेका थिए ।

खेलकुद समापन कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिँया,उप प्रमुख माया खड्का९कुँवर०,खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत विशिष्ट अतिथि रहेका थिए । क्लबका उपाध्यक्ष लक्ष्मण ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव नरेश नाथले गरेका हुन् ।