बाजुराको त्रिबेणीमा छैटौ मेयर कप आजदेखि सुरु

Image
Nisarga Hospital

जनक बोहरा/बाजुराः जिल्लाको त्रिवेणी नगरपालिकामा आजदेखि देखि छैटौ मेयर कप सुरू भएको छ ।राष्टका लागि खेल्कुद स्वास्थ्य का लागि खेल्कुद भन्ने मुल नाराका साथ त्रिवेणी नगरपालिका ले राष्टपति रनिङ सिल्ड तथा छैटौ मियर कप प्रतियोगिता आज देखि सञ्चालन गरेको हो ।

CP Hospital Dhangadhi

कैलाशेश्वरी माध्यमिक बिधालयका बिब्यस अध्यक्ष खडक बहादुर अएडिको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापा रहनु भएको थियो । । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख कमला न्यौपाने बिशिष्ट अतिथि रहनुभएको थियो । १ देखि ९ सम्मका वडा अध्यक्ष, निमित्त प्रमुख प्रशाशकिय अधिकृ गणेश साउद ,लगाएत राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, राष्ट्रिय रेफ्री हिमाल खड्का लगाएतको उपस्थिति रहेको थियो ।

nawajiwan

नगर प्रमुख कर्ण बहादुर थापाले खेल को उद्धघाटन गर्दै खेलाडिहरु राष्ट्रका गहना भएकोले खेल क्षत्रका माध्यमबाट ब्यक्तित्व विकाश गरी ब्यक्तिले उच्च मान सम्मान र प्रतिष्ठा प्राप्त गर्ने हुँदा खेल क्षेत्र निकै आबश्यक रहेको बताएका थिए । खेलले मानिसको शाररिक क्षमतालाई थप मजबुत बनाउँने हुँदा मानव स्वास्थ्यका लागी खेल निकै अनबश्यक रहेको बताए । देल क्षेत्रबाटै राम्रो प्रगती गरेको खण्डमा ब्यक्तिले स्वदेशको मात्रै नभई बिदेशसम्म् आफ्नो छवि बनाउन सक्ने भएकोले युवाजमातहरुमा खेल निकै आबश्यक रहेको थापाले बताएका हुन् ।

Attariya Hospital

खेल क्षेत्रको विकाशमा त्रिवेणी नगरपालिकाले भरपुर साथ सहयोग गरिरहने उनले बताए । कार्यक्रममा पालिका भित्रबाट ११ वटा बिद्यालय सहभागी रहेका छन् ।

कैलाशेश्वरि माध्यामिक बिद्यालयका प्रधानाध्यापक भानसिँह अएडिले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन कैलाशेश्वरि माध्यमिक बिधालयका शिक्षक केशव बहादुर साउद ले गर्नु भएको थियो ।